काठमाडौं । जेनजी अगुवा रक्षा बमले सिंहदरबार जलाउने जोसुकै भए पनि कारबाही हुनुपर्ने बताएकी छन् । आन्दोलनको क्रममा भदौ २४ गते सिंहदरबारअगाडि उभिएको तस्वीरमाथि उठेको प्रश्नहरूको जवाफ दिंदै बमले बुधबार एक सन्देश सार्वजनिक गर्दै उक्त तस्वीरको सन्दर्भ प्रष्ट पारेकी हुन् ।
‘मेरो एउटा फोटो जुन सिंहदरबार अगाडि मैले खिचेको थिएँ, त्यो सेप्टेम्बर ९ को फोटो थियो’ उनले भनिन्, ‘त्यो पनि सामाजिक संजालमा भाइरल भइरहेको छ। त्यो फोटो सम्बन्धी पनि यहाँहरूलाई धेरै प्रश्नहरू छन् ।’ उनले प्रधानमन्त्रीको राजीनामा आएपछि जितको खुसीयालीमा उक्त फोटो पोस्ट गरेको बताएकी छन् ।
बमको उक्त पोस्टमा ‘देखिस् तेरो पतन !’ भन्दै जलिरहेको सिंहदरबार अगाडि उभिएको तस्वीर पोस्ट गरिएको देखिन्छ । ‘त्यो फोटो सेप्टेम्बर ८ मा हामी आठमा हामीसँग जे व्यवहार भयो त्यसको आक्रोश लिएर हामी सेप्टेम्बर ९ मा आन्दोलनमा उत्रेका थियौं। हामी प्रधानमन्त्रीको राजीनामा मागिरहेका थियौं। र त्यस बेलामा चाहिँ ठ्याक्कै प्रधानमन्त्रीको राजीनामा आएको थियो,’ उनले भनेकी छन् ।
बमले थपेकी छन्, ‘सिंहदरबार एउटा हाम्रो राज्यको प्रतीक भएको हिसाबले एउटा बिम्ब स्वरूप मैले हामीले जित्यौं भनेर जितको खुशी मनाएर त्यहाँनिर फोटो राखेको थिएँ। त्योभन्दा बाहेक त्यो फोटो केही पनि थिएन । ‘उनले सिंहदरबार जलाउने जोसुकै भए पनि कारबाही गर्नुपर्ने र त्यसको छानबिन आफैंबाट सुरु गर्न पनि तयार भएको बताएकी छिन् ।
‘त्यतिखेर सिंहदरबारको गेट जलिरहेको थियो। म आक्रोशित थिएँ र एक किसिमको जित जस्तो महसुस भएर मैले त्यो फोटो राखेको हो’ उनले भनेकी छन्, ‘तर यसलाई तपाईंले राजनीतिक दृष्टिकोणले मात्र हेर्नुहुन्छ भने अनुसन्धान हुनुपर्छ । सिंहदरबार जलाउनेहरूलाई पनि अनुसन्धान हुनुपर्छ र गोली दाग्नेहरूलाई पनि अनुसन्धान हुनुपर्छ ।’ उनले थपेकी छन्, ‘म के भन्न चाहन्छु भने हरेक फौजदारी अभियोग लाग्ने कसुरहरूमा कारबाही गर्नको लागि सरकार तयार हुनुपर्छ । तर सुरुवात म बाट नै हुनुपर्ने हो भने म पनि तयार छु ।’


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)






































































































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google