नव नियुक्त आईजीपी थापाले भने - कसैप्रति पूर्वाग्रह नराखी निष्पक्षताका साथ सेवा गर्छु

दर्पण दैनिक ४ चैत्र २०८१,१२:४४
post

काठमाडौँ । नेपाल प्रहरीका नव नियुक्त महानिरीक्षक आईजीपी दीपक थापाले प्रहरीमा व्यापक सुधार आवश्यक रहेको बताएका छन् । गृह मन्त्रालयमा आज (मंगलबार) दर्ज्यानी चिह्न ग्रहण समारोहमा सम्बोधन गर्दै आईजीपी थापाले यस्तो कुरा बताएका हुन् ।

उनले भने, ‘प्रहरी कस्तो छ भनेर हामीले लुकाउनु पर्ने केही छैन । ती पक्ष लुकाएर वा दबाएर प्रहरीमा सुधार हुन्छ भन्नेतर्फमा म विश्वास पनि गर्दिनँ । प्रहरीभित्र सुधार ल्याउन साइत कुरेर बस्न पनि जरूरी छैन । सुधारको प्रारम्भ कोही र कसैबाट होइन मभित्रैबाट नै आवश्यक छ भन्ने स्वीकार गरी अघि बढ्नुको विकल्प छैन ।’


मुलुकमा शान्ति सुरक्षाको कार्यान्वयन र मानव अधिकारको प्रत्याभूति गर्न आफू प्रतिवद्ध रहेको आईजीपी थापाले बताएका छन् । उनले आफ्नो मन्तव्यमा प्रहरी कर्मचारीलाई कार्यक्षमताको उचित मूल्यांकन दिलाउने प्रयास गरे । प्रहरी महानिरीक्षकको जिम्मेवारी पाउँदा गम्भिर जिम्मेवारीवोध भएको भन्दै उनले कसैप्रति पूर्वाग्रह नराखी निष्पक्षताका साथ सेवा गर्ने प्रतिबद्धता जनाएका छन् । मंगलबार बिहान गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले थापालाई दर्ज्यानी चिह्न लगाइ दिएका छन् । उनले आजै प्रहरी प्रधान कार्यालय नक्शाल गएर पदभार ग्रहण गर्नेछन् ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: