काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय तथा जनजीविकाका विषयलाई उचित ढङ्गले अघि बढाउन आन्दोलनमार्फत राज्यलाई दबाब दिने बताएका छन् ।
शनिबार ललितपुरमा समाजवादी ललितपुर जिल्ला कमिटीको आठौँ अधिवेशन उद्घाटन गर्दै अध्यक्ष नेपालले वामपन्थी, कम्युनिष्टहरुलाई एकै ठाउँ ल्याउने प्रयास भइरहेको भन्दै सबैलाई एकताबद्ध गरेर राष्ट्रियता, जनजीविका लगायतका विषयलाई उचित ढङ्गले अघि बढाउन राज्यलाई दबाब दिने बताए ।
अध्यक्ष नेपालले समाजवादी मोर्चालाई क्रियाशील बनाएर समाजवादी, वामपन्थी, कम्युनिष्टहरुलाई एकै ठाउँ ल्याउने प्रयास भइरहेको धारणा राखे । उनले बिचार मिले सँगै अघि बढ्न सकिने र बिचार मिल्न बाकी रहे सहकार्य गर्न सकिने उल्लेख गरे ।
सत्ताको फेरबदलसँगै समाजवादी मोर्चा सक्रिय ढङ्गले अघि बढ्न नसकेकाले पुन सक्रिय बनाउन खोजेको उनले बताए । अध्यक्ष नेपालले राजनीतिमा निकै महत्त्वपूर्ण भूमिका खेल्दै आएको भन्दै आगामी दिनमा निराश नभई महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने गरी लाग्न कार्यकर्तालाई निर्देशन दिए ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)






































































































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google