काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विभिन्न ११ निर्णय गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको उक्त बैठकले महासमिति बैठक सार्ने, समुदायमा कांग्रेस अभियान चलाउने र माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ता गर्नेसहित ११ निर्णय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । उनका अनुसार राष्ट्रियसभाका उम्मेदवारलाई पत्र दिने जिम्मा बैठकले पार्टी सभापति शेरबहादुर देउवालाई दिएको छ ।
यस्ता छन् निर्णय
(१) संवत् २०८० साल माघ ११ गते बिहीबार सम्पन्न हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा भाग लिने प्रयोजनका लागि नेपालको संविधानको धारा २७१ बमोजिम नेपाली कांग्रेस राजनीतिक दललाई निर्वाचन आयोगमा दर्ता गर्ने ।
(२) सो निर्वाचनमा पार्टीका तर्फबाट खडा गरिने उम्मेदवारलाई दलको औपचारिक पत्र प्रदान गर्नका लागि सभापति श्री शेरबहादुर देउवालाई जिम्मेवारी प्रदान गर्ने ।
(३) सो निर्वाचन प्रयोजनका लागि नेपालको संविधानको धारा २७१ तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम निर्वाचन आयोगमा नेपाली कांग्रेस दल दर्ता सम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गर्न नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव श्री कृष्णप्रसाद पौडेललाई जिम्मेवारी प्रदान गर्ने ।
(४) राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिश गर्न विधान बमोजिम प्रदेश कार्यसमितिलाई परिपत्र गर्ने ।
(५) पौष १६ गतेदेखि माघ १६ गतेसम्म वडा तहसम्म पार्टी प्रतिनिधि परिचालन गरी ‘समुदायमा कांग्रेस’ अभियान संचालन गर्ने। सो अभियानका लागि केन्द्रीय कार्यसमितिको तर्फबाट ७७ वटै जिल्लामा प्रतिनिधि खटाउने ।
(६) नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको साउन २ देखि १० गतेसम्म बसेको बैठकले परिमार्जन सहित पारित गरेको पार्टीको वार्षिक कार्यतालिका कार्यान्वयन प्रारम्भ भइसकेको विदित नै छ। यसै बीचमा गत कार्तिक १७ गते जाजरकोट र रुकुम पश्चिम लगायतका जिल्लामा गएको भूकम्पका कारण पार्टीले आफ्ना नियमित कार्यतालिकाका कार्यक्रम स्थगित गरी भूकम्प प्रभावित क्षेत्रमा केन्द्रित गरेको र पार्टीका सबै तहका सम्मेलनहरू सम्पन्न गर्नेतर्फ ध्यान दिँदा कार्यतालिकाका कार्तिक र मंसिर महिनाका कार्यक्रमहरू प्रभावित हुन पुगे। यसै क्रममा महासमितिको बैठकको मिति र तयारीका कारण पनि कार्यतालिकामा परिमार्जन गर्नुपर्ने भएकोले भूकम्प र पार्टीका तहगत सम्मेलनहरूका कारण स्थगित भएका कार्यक्रमहरू समेत समाहित गरी पार्टी कार्यतालिका (क्यालेण्डर) परिमार्जन गरी केन्द्रीय कार्यालयले लागु गर्ने ।
(७) नेपाली कांग्रेसको नियमावलीको नियम ५(२)(क) अनुसूची ७ मा निर्दिष्ट गरिएको क्रियाशील सदस्यताको प्रमाणपत्रको ढाँचा सरल र स्पष्ट बनाउन क्रियाशील सदस्यता प्रमाणपत्र परिमार्जित गर्ने ।
(८) जाजरकोट–रूकुम पश्चिममा भूकम्प प्रभावित जनताका लागि अस्थायी आवास निर्माण कार्यमा पार्टीका तर्फबाट विभिन्न चरणमा विभिन्न तहबाट खटिई अभियानमा समन्वय र सहजिकरण गर्नु भएका केन्द्रीय समितिका साथीहरू, स्थानीय संयोजन गर्ने प्रभावित क्षेत्रका पार्टीका साथीहरू, भ्रातृ संघ तथा शुभेच्छुक संस्थाका साथीहरू र अन्य सहयोगी तथा स्वयंसेवी साथीहरूलाई उहाँहरूको योगदानको प्रशंशा गर्दै नेपाली कांग्रेस धन्यावाद ज्ञापन गर्दै यस अभियानमा हाल प्रभावित क्षेत्रमा निरन्तर खटिइरहनु भएका साथीहरूलाई पार्टीको तर्फबाट आवश्यक समन्वय गर्ने । साथै सरकारका तर्फबाट अस्थायी आवास निर्माणका लागि उपलब्ध गराएको रकम यथाशीघ्र भूकम्प प्रभावित परिवारलाई वितरण गर्न गराउन नेपाल सरकारको पुनः ध्यानाकर्षण गराउने ।
(९) नेपाली कांग्रेस महासमितिको बैठकको मिति परिमार्जन गरी २०८० फागुन ७—१० गते, ललितपुरमा गर्ने ।
(१०) बाराको सिम्रौनगढ नगरपालिकाका ३२ वटा सामुदायिक तथा धार्मिक विद्यालयका १९० जना शिक्षकहरुले ६ महिनादेखि पारिश्रमिक नपाएको विषयलाई लिएर सिम्रौनगढ नगरपालिकाको मुख्य द्वारमा विगत दुई महिनादेखि धर्ना बसेका शिक्षकहरुमाथि यही मंसिर २७ गते सुरक्षाकर्मीले हस्तक्षेप गर्नुका साथै गोली चलाउँदा सिम्रौनगढ नगरपालिका वडा नं. १ नन्सगरा ढाट बस्ने लक्ष्मी मुखिया विनको घटनास्थलमै मृत्यु भएको छ भने वडा नं. ४ का आविद अन्सारी, राजेश सहनी र राम निवास राम गंभीर घाइते भएका छन्। शान्तिपूर्ण रुपमा धर्नामा बसेका शिक्षकहरुमाथि सुरक्षाकर्मीबाट भएको निर्मम दमनको नेपाली कांग्रेस घोर निन्दा र भत्र्सना गर्दछ ।
उक्त घटनाको यथार्थ छानविन गरी दोषीलाई कडा भन्दा कडा कार्वाही गर्न, मृतकको परिवारलाई क्षतिपूर्ति तथा घाइतेहरुको निःशुल्क उपचारको व्यवस्था गर्न नेपाली कांग्रेस, सरकारसँग माग गर्दछ ।
(११) केन्द्रीय कार्यसमितिको बैठक पुस १२ गते दिनको १ः०० बजे केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा बस्नेछ ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)






































































































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google