माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै, यी हुन् छलफलका विषय

दर्पण दैनिक १९ माघ २०७९,०७:३०
post

काठमाडौँ । सत्तारुढ नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ११ बजे बैठक बस्ने पार्टी महासचिव देव गुरुङले जानकारी दिए । 

आजको बैठकमा नेताको जिम्मेवारी बाँडफाँट टुङ्गो लगाउने पार्टीको तयारी छ । यसअघि मंगलबार बसेको पदाधिकारी बैठकले नेताको जिम्मेवारी बाँडफाँटको जिम्मा अध्यक्ष, उपाध्यक्षलाई दिने निर्णय गरेको थियो ।

कार्यविभाजनसँगै बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे पनि छलफल हुनेछ । राष्ट्रपति पदको निर्वाचन, गृह मन्त्रालयको नेतृत्वलगायत विषय सत्ता गठबन्धनमा देखिएको विवाद र समाधानका बारे पनि छलफल हुने नेताहरूले बताएका छन् । 

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: