राजनीतिको नाडी हामीले पनि छामेका छौँ, यो गठबन्धन पाँच वर्ष टिक्छ : माधव नेपाल

दर्पण दैनिक ६ चैत्र २०७९,१६:४२
post

काठमाडाैं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालको राजनीति तरल रहेको बताएका छन् । सरकार छिटोछिटो गठन/पुनर्गठन हुने गरेको उनको भनाइ छ । 

सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रतिनिधिसभाबाट विश्वासको मत लिने क्रममा भएको छलफलमा भाग लिँदै नेपालले उक्त कुरा बताएका हुन् ।

उनले सरकारमा त्यतिबेला रहेका केही दलले प्रचण्डले आफूहरूलाई घोक्र्याएर निकालेको भनेको र केही दलले आफैँले सरकार छाडेको बताएको उल्लेख गर्दै नेपालले आफू अलमलमा परेको बताए ।

उनले एमालेलाई लक्षित गर्दै किन कसैसँगको सहकार्य टिकाउ हुन सकेको छैन भनेर खोज्नुपर्नेमा जोड दिए । उनले अढाइ महिनाभित्रै नयाँ परिवेश उत्पन्न भएको उल्लेख गर्दै उनले यसको आकलन आफूले पहिले नै गरेको बताए ।

'राजनीतिको नाडी हामीले पनि छामेका छौँ, छाम्दै यहाँसम्म आइपुगेका छौँ,' नेपालले भने । गठबन्धन परिवर्तन हुनुको कारण भने आफूहरूले नभएर प्रधानमन्त्री स्वयम्‌ले बताउनुपर्ने उनको भनाइ छ । आफूहरू यसो छेउबाट हेर्ने मात्रै रहेको नेपालको टिप्पणी छ ।

आफ्नो बुझाइका आधारमा यो अवस्था आउनुपर्ने अवश्यम्भावी रहेको उनको टिप्पणी छ । लिङ्देनको भनाइप्रति संकेत गर्दै उनले यो गठबन्धन पाँच वर्ष टिक्ने र वैशाखमै विश्वासको मत लिनुपर्ने परिस्थिति नआउने बताए ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९