काठमाडौं । उज्यालो नेपाल पार्टीले सचिवालय गठन गरेको छ। शुक्रबार मध्यरातसम्म बसेको बैठकले अध्यक्ष कुलमान घिसिङको नेतृत्वमा सचिवालय टुंग्याएको हो । पार्टीको विधानअनुसार १५ सदस्यीय पदाधिकारी रहने व्यवस्था भए पनि हाल ९ जनाको मात्र चयन गरिएको छ। विधानमा अध्यक्ष, वरिष्ठ नेता, एक महिलासहित दुई उपाध्यक्ष, महासचिव, एक महिलासहित दुई उपमहासचिव, तीन महिलासहित सात सचिव र एक कोषाध्यक्ष रहने प्रावधान छ ।
बैठकले अध्यक्षमा कुलमान घिसिङ, वरिष्ठ नेतामा अनुपकुमार उपाध्याय, उपाध्यक्षमा प्राडा महेन्द्र लावती र महासचिवमा धर्मबहादुर चौधरीलाई चयन गरेको छ ।
त्यस्तै, सचिवमा रामेश्वर श्रेष्ठ, सुमी मोक्तान, जितराम लामा र केदार खड्का चयन भएका छन् भने कोषाध्यक्षमा भगवती कक्षपति नियुक्त भएका छन् । पार्टी प्रवक्तामा श्री गुरुङ, सचिवालय सदस्यमा राजेन्द्र अवस्थी र मुख्यसचिवमा राजु थापा चयन भएका छन्। यद्यपि मुख्यसचिव र प्रवक्ता पद भने विधानमा उल्लेख छैन ।
हाल एक उपाध्यक्ष, दुई उपमहासचिव र तीन सचिव पद रिक्त रहेका छन् । यसबीच, उज्यालो नेपाल अभियानमार्फत पार्टी स्थापना गर्दा केन्द्रीय सदस्यमा रहेका लाक्पा फुटी शेर्पा, विजय कँडेल, तुलसा वाइबा, रोशनी लामा, ज्ञानेन्द्रकुमार तामाङ, सीतादेवी पाण्डे, सोमप्रसाद चौधरी, धनबहादुर मिक्चन, डम्बर लावती र प्रदीपकुमार चौधरी सचिवालयमा समावेश हुन सकेनन् । त्यस्तै, महेन्द्रकुमार थापा, अग्निमाया मेचे, मनोज लुहार, देवकी पौडेल, बालिका चौधरी, भीमबहादुर कुमाल, राजाराम तन्डुकारलगायत पनि चयनमा परेनन् ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)















































































































































































































































































































































.jpg)
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google