काठमाडौं । नेकपा (एमाले)ले रासायनिक मलको अनुदान कटौती गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले रासायनिक मलको अनुदान कटौती गर्ने सरकारको निर्णय किसान मार्ने गरी आएको उल्लेख गरे। उनले उक्त निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरे ।
आइतबार पार्टीको कृषि तथा पशुपंक्षी विकास विभागद्वारा ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलन बोल्दै उनले नेपाली किसानहरुको संरक्षण र प्रोत्साहनका लागि रासायनिक मलको मूल्य घटाउन र अनुदान वृद्धि गर्न पनि सरकारलाई सचेत गराए ।
महासचिव पोखरेलले अन्तराष्ट्रिय बजारमा रासायनिक मलको मूल्य घटिरहेका बेला नेपालमा किन वृद्धि गर्नु पर्यो भनेर सरकारलाई प्रश्न समेत गरे ।
उनले आफ्नो पार्टी नेतृत्वको सरकारले रासायनिक मल कारखाना स्थापना गर्ने कामलाई अघि बढाएको उल्लेख गर्दै त्यसलाई गति दिन पनि सरकारलाई दवाव दिए ।
‘अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको भाउ घटिरहेको बेलामा अहिलेको सरकारले जसरी मूल्य वृद्धि गर्ने काम गरेको छ। यो अत्यन्तै अनुचित छ । जबकी हाम्रो पार्टी सरकारमा रहेका बेला अर्थ मन्त्रालयको तर्फबाट रासायनिक मल आयातका लागि राज्यका तर्फबाट अनुदान वृद्धि गर्ने कुरा पनि भएको थियो। आर्थिक संकटका बेला पनि अर्थ मन्त्रालयले रासायनिक मल आयात गर्नका लागि पर्याप्त मात्रामा उपलब्ध गराउने निर्णय गरेको थियो', उनले भने, 'यस्तो अवस्थामा यो सरकारलाई के बाध्यता आइलाग्यो? जसले किसानलाई कृषि क्षेत्रबाट विस्थापित गर्ने योजना ल्याएर मलको अस्वभाविक मूल्य वृद्धि गर्ने काम गर्यो। त्यो सर्वथा अनुचित छ।'
अन्य क्षेत्रका अनुदान कटौती गरेर भए पनि कृषि क्षेत्रको अनुदान वृद्धि गर्न आवश्यक रहेको उनले बताए ।
'नेपालमा हामी भविष्यमा आर्थिक विकासको आधारको रुपमा पर्यटन उद्योगको परिकल्पना गरिरहेका छौँ। पर्यटन उद्योगका लागि स्वस्थकर खानेकुरा, ताजा खानेकुरा मुलुकभित्रै उत्पादन हुने कुरा आवश्यक पर्ने गर्दछ। त्यसका लागि किसानहरु दुरुत्साहित भए भने स्वभाविक रुपमा आयातमा निर्भर हुनुपर्ने र आयातित वस्तुहरुको आधारमा पर्यटन उद्योग अगाडि बढाउने कुरा कठिन हुन पुग्छ', उनले भने, 'पर्यटन उद्योगसँग जोडेर भए पनि नेपाली किसानलाई प्रोत्साहित गर्नुपर्ने खाँचो रहेका बेला सरकारको नीति सर्वथा गलत छ।'


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)
































































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google