काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने नभई जनताको मुद्दा बोक्न सत्तारुढ दलका सांसदहरूलाई आग्रह गरेकी छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद श्रेष्ठले भनिन्, 'उपसभामुख हटाउने मुद्दा होइन, जनताको मुद्दा बोकौँ । राजनीतिक लाभ भयो एउटा भाष्य, राजनीतिक हानी भयो अर्को भाष्य । आफ्नो मान्छे पर्यो एउटा भाष्य, अर्को मान्छे पर्यो अर्को भाष्य, जनताको मुद्दा बोकौँ न ।’
उनले अमेरिका जानुअघि कृषि तथा वन विश्वविद्यालयको समस्या समाधान गरेर जान प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरिन् । सांसद श्रेष्ठले सरकारको दुई तिहाइको बल जनताको समस्या समाधान गर्न लगाउन आग्रह गरिन् ।
‘३ असोजसम्म आफ्ना सांसदलाई काठमाडौं नछोड्न उर्दी जारी भएको रहेछ । त्यो दुई तिहाइको बलले जनताको समस्या समाधान गरोस्,’ उनले भनिन्, ‘जताततै दलगत रूपमा विद्यार्थी, प्रशासन र शिक्षकहरूमा घुलमिल हुने ? दलगत दुई तिहाइको सरकारले यत्ति दम राखेर खारेज गरिदिनुहोला ।’
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google