काठमाडौँ १६ की वडाध्यक्ष रोजिना श्रेष्ठले सार्वजनिक गरिन् खर्चविवरण, के मा कति भयाे खर्च ?

दर्पण दैनिक २० मंसिर २०८१,१९:५६
post

काठमाडौँ । यहि मंसिर २६ गते सम्पन्न स्थानीय तह उपनिर्वाचनबाट काठमाडौँ १६ मा निर्वाचित वडाध्यक्ष रोजिना श्रेष्ठले खर्च विवरण सार्वजनिक गरेकी छन् । वडाध्यक्ष श्रेष्ठले २ लाख २४ हजार ४ सय ५० रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरेकी हुन् । 

जिल्ला निर्वाचन कार्यालयमा बुझाएको विवरण अनुसार मतदाता नामावली खरिदमा ४५० रुपैयाँ, सवारी साधनमा २५ हजार, सवारी इन्धनमा १२ हजार, प्रचार प्रसार सामाग्रीमा ८० हजार, ढुवानीमा ८ हजार र गोष्ठी तथा कार्यकर्ता परिचालनमा ६० हजार खर्च भएको छ ।
 
त्यस्तै, प्रचार प्रसार छापा तथा विद्युतीय माध्यमा १५ हजार, प्रतिनिधि परिचालनमा २० हजार र विविधमा ४ हजार खर्च भएको छ । कार्यालय सञ्चालनमा भने कुनै खर्च नभएको उनले बताएकी छन् । उनले आफ्नै घर प्रयोग गरेको बताएकी हुन् ।


निर्वाचन आयोगका अनुसार काठमाडौं महानगरपालिका वडा नम्बर १६ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी रोजिना श्रेष्ठ २ हजार ९ सय २ मतसहित विजयी भएकी थिइन्  । दोस्रो स्थानमा रहेका एमालेका लक्ष्मीरत्न तुलाधरले २ हजार २ सय २० मत र तेस्रो स्थानमा रहेका कांग्रेसका देवेन्द्र पाठकले २ हजार २ सय १४ मत पाएका थिए । 

नेकपा एकीकृत समाजवादी का मीनबहादुर मानन्धरले १ हजार ९२ मत ल्याए । राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार श्यामकृष्ण श्रेष्ठले ७ सय ७४ मत पाए । काठमाडौं-१६ मा १० हजार ५ सय ५८ मत खसेको थियो भने १ सय ८० मत बदर भएको थियाे ।

२०७९ को स्थानीय चुनावमा कांग्रेसबाट वडाध्यक्षमा विजयी मुकुन्द रिजालको मृत्यु भएपछि काठमाडौं-१६ मा उपनिर्वाचन भएको हो । ०७९ को निर्वाचनमा रिजाल ४ हजार १८ मतसहित विजयी भएका थिए । त्यस्तै एमालेका लक्ष्मीरत्न तुलाधरले ३ हजार १ सय १० मत ल्याएका थिए ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९