‘रवि लामिछानेको राजीनामा मागेका छैनौँ, छानविन हुनु पर्ने मात्रै भनेका छौँ’

दर्पण दैनिक २४ बैशाख २०८१,१२:५५
post

कञ्चनपुर । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले देश राजनीतिक अस्थिरतामा फसेको बताएका छन् । प्रेस युनियन कञ्चनपुर शाखाले सोमबार बिहान महेन्द्रनगरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै लेखकले यस्तो बताएका हुन ।

‘१४ महिनामा ३ पटक सरकार फेरियो । सत्तारुढ दल नै फुट्ने अवस्था आएको छ,’ जनता समाजवादी पार्टी (जसपा) विभाजनलाई लक्षित गर्दै उनले भने, ‘राजनीतिक स्थिरता नहुनु मुलुकका लागि चिन्ताको विषय हो ।’

मुलुकमा स्थिरता ल्याउनका लागि गम्भीरतापूर्वक सोच्नु पर्ने अवस्था आएको उनको भनाइ थियो । संविधानको समीक्षा गरेर अन्य पार्टीहरुसँग संवाद र सहमतिमा संशोधन गरेर जानु पर्नेमा उनले जोड दिए । 

‘संविधानका राम्रा पक्ष छन् । ८ वर्षको अभ्यासमा कतिपय दुर्बल पक्ष पनि देखिएका छन् । हामीले मिश्रित निर्वाचन प्रणाली अपनायौँ । देशमा स्थिरता हुनुपर्ने तर अस्थिरता रह्यो,’ उनले भने, ‘बहुमतको शासन परिकल्पना गर्याैँ । साना साना पार्टीले नेतृत्व गर्ने अवस्थ आयो । यो निकै चिन्ताको विषय हो ।’


सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानविन हुनु पर्ने उनले बताए । सरकारले नेपाली कांग्रेसले उठान गरेको माग सम्बोधन नगरेर संसदको अधिवेशन अन्त्य गरेर भागेको उनको टिप्पणी थियो ।

‘प्रधानमन्त्री सहकारीको छानविन समग्रतामा गर्ने भन्नुभएको सुनियो । त्यसका लागि हामी तयार छौँ । तर सबैको छानविन गर्दा व्यक्ति लक्षित गृहमन्त्रीको छानविन नगर्नु पर्ने ?,’ उनले भने, ‘रवि लामिछानेको हामीले राजीनामा मागेका छैनौँ। छानविन हुनु पर्ने मात्रै भनेका छौँ ।’

बजेट अधिवेशन आह्वान भएकाले त्यसअघि नै सरकारले आफूहरुको माग सम्बोधन गरेर जानेमा उनले विश्वास व्यक्त गरे । नेकपा एमाले र नेपाली कांग्रेस मिलेर सरकार बनाउन पर्ने आवाज उठिरहेको पनि उनले बताए । नेकपा एमालेभित्रै अहिले सत्तारुढ समीकरणप्रति असन्तुष्टि देखिएको उनको दाबी थियो । दुवै पार्टीभित्र र जनतामा एमाले र कांग्रेस मिलेर सरकार बनाउनु पर्ने आवाज उठेको बताउँदै उनले तर त्यसका लागि ठोस संवाद नभएको स्पष्ट पारे ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४
post

नाउपाको अध्यक्षमा लालवीर

१६ श्रावण २०८२,१८:४९
post

शीतलनिवासमा जुट्यो सहमति

२७ भाद्र २०८२,१९:४२
post

विष्णु पौडेलले मागे माफी

३ आश्विन २०८२,०९:३४
post

गगन र विश्व कारबाहीमा

१ माघ २०८२,१६:०७
post

मोरङ– ३ मा गणेश कार्की विजयी

२४ फाल्गुन २०८२,०७:२२
post

सल्यानमा नेकपाका मल्ल विजयी

२४ फाल्गुन २०८२,०७:२७
post

दाङ-१ मा रास्वपाका पाठक विजयी

२४ फाल्गुन २०८२,१०:४१
post

जुम्लामा रास्वपाकाे जमानत जफत

२५ फाल्गुन २०८२,११:५४
post

एमाले अध्यक्ष ओलीलाई पितृशोक

२९ फाल्गुन २०८२,०८:२७
post

समानुपातिक सिट बाँडफाँट

२९ फाल्गुन २०८२,०८:३७

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: