रास्वपा सांसद सोविता गौतमले कसिन् लगनगाँठो

दर्पण दैनिक १९ जेष्ठ २०८०,१९:३१
post

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतम विवाह वन्धनमा बाँधिएकी छन् । उनले हालै आफ्नो प्रेमी गृहेन्द्र घिमिरेसँग सुटुक्क लगनगाँठो कसेकी हुन् ।

सोविता र गृहेन्द्र प्रेम सम्वन्धमा रहेको रास्वपाका सीमित नेताहरुलाई थाहा थियो । अचानक विवाहको खबरले उनीहरु पनि चकित परेका छन् ।

सोविताकी बहिनी प्रकृतिले दिदीको विवाह भएको पुष्टी गरिन् । पारिवारिक स्रोतका अनुसार भक्तपुरको कमेरेटारस्थित सोबिताको माइतीघरमा आयोजित धार्मिक अनुष्ठानकै अवसरमा गत साता वैवाहिक विधि पूरा गरिएको हो । 

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: