काठमाडौं । २०४७ को संविधान लागु गर भन्दै विगत १२ दिनदेखि अनिश्चित कालिन धर्ना (रिले अनसन) जारी राखेको छ । २०४७ को संविधान लागु गर्नुपर्ने माग राखेर काठमाडौंको माईतिघरमण्डलामा नेपाली कांग्रेस बीपी र २०४७ सालको संविधान पुनः स्थापना अभियान अनिश्चितकालिन धर्नामा छ ।
नेपाली कांग्रेस बीपीकी केन्द्रीय सदस्य धना आचार्यका अनुसार अनिश्चितकालिन धर्ना तथा सत्याग्रहमा ऐक्यबद्धता जनाउनेको संख्या दिनानुदिन बढ्दै गएको छ ।
अनिश्चितकालीन सत्याग्रहलाई ऐक्यबद्धता जनाउन राप्रपा नेपालका अध्यक्ष कमल थापा, सामाजिक अभियन्ता तारा बराललगायत हजारौंले ऐक्यबद्धता जनाएको आचार्यले बताइन् । आचार्यका अनुसार रिले अनसनको नेपाली कांग्रेस बीपीका सभापति शुशिलमान शेरचन र ०४७ सालको संविधान पुनः स्थापना अभियानका अभियन्ता किशोरी महतोलगायतले सुभारम्भ गरेका थिए ।