काठमाडौं । सांसद तथा पूर्वभौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले गए राति सरकारले व्यवसायीसँग गरेको सहमतिले यातायातको क्षेत्रमा फेरि सिण्डिकेट कायम हुने बताएका छन् । आज (मंगलबार) बिहान प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिमा धाराणा राख्दै उनले यातायात व्यवसायीसँग झुकेर सरकारले सिण्डिकेटलाई संरक्षण गरेको आरोप लगाए ।
‘पहिले तोडिएको सिण्डिकेट फेरि कायम गर्ने सम्झौता भएको छ । निश्चित वर्गको फाइदाका निम्ति मात्रै काम गरेको छ’ उनले भने । अहिले राइड शेयरिङले धेरै सहज भएको भन्दै उनले राइड शेयरिङलाई व्यवस्थित ढङ्गले चल्न दिनुपर्ने बताए । ‘सार्वजनिक यातायातको सवालमा गण्डकी प्रदेश सरकारले ठिक गरेको छ’, उनले भने ।
उनले सिण्डिकेट कायम गर्न पाऊँ भनी व्यवसायीले गरेको आन्दोलनलाई सरकारले समर्थन गरेको आरोप लगाएका छन्। सरकार र यातायात व्यवसायीबीचको सहमतिले सर्वसाधारणलाई ठूलो समस्यामा पार्ने उनको भनाइ छ । एकीकृत समाजवादीका नेता ज्वालाले गण्डकी प्रदेश सरकारले ल्याएको नियमावली ठिक भएको बताए। तर, सरकारले के आधारमा सम्झौता गरियो भनेर प्रश्न गरे। राइड शेयरिङको पक्ष लिंदै उनले भने, ‘यो सम्झौता राम्रो भएन । के आधारमा गरियो ?’
उनले थपे, ‘फेरि मुख्य रुपमा भौतिक पूर्वाधार मन्त्रालय नै जोडिनु पर्ने यसमा। विभिन्न मन्त्रालयका साथीहरुलाई राखेर एउटा सहमति गरिएको छ, यो चाहिँ आपत्तिजनक छ। यस ढंगले जनताले सेवा पाउँदैनन्।’ ‘यातायात व्यवसायीले आन्दोलन गरेपछि सिण्डिकेट लगाउने । तोड्नेतिर पनि जाने होला,’ उनले भने, ‘अब जनताले आन्दोलन गरे के हुन्छ त ? पब्लिकलाई त यसले निकै ठूलो समस्या पार्छ नि ।’


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)



















































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google