काठमाडौं । रिटर्नी फेडेरेशन नेपाल (आरएफएन)ले उत्तम अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । नेकपा एमालेको जनवर्गिय संगठन आरएफएनको आइतबार काठमाडौंमा सम्पन्न पहिलो प्रथम महाधिवेशनले निर्विरोध कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा विनोद भट्टराई, शालिकग्राम बसेल, रामकृष्ण घिमिरे, हिरादेवी खराल, काजीबहादुर थापामगर, अर्चना बस्नेत रहेका छन् ।
यसैगरी महासचिवमा जयप्रसाद सापकोटा (जेपी), उपमहासचिवहरुमा जीवन अर्याल र भरत सिवाकोटी चयन भएका छन् ।सचिवहरुमा नवराज श्रेष्ठ, खेमबहादुर कार्की, कृष्णप्रसाद घोरासैनी, बुद्धिप्रसाद सुवेदी, बसन्तबहादुर क्षेत्री र कोषाध्यक्षमा सुनिल कार्की रहेका छन् ।
रिटर्नी फेडेरेशनमा स्थायी कमिटीसहित ९९ सदस्यीय केन्द्रीय रहेका छन् । यसका साथै निर्वाचन आयोगका अध्यक्षमा कृष्णप्रसाद भुसाल, लेखा आयोगको अध्यक्षमा जितेन्द्र बानिया, अनुशासन आयोग अध्यक्षमा दिलकिरण खजुम निर्विरोध निर्वाचित भएका छन् ।
नवनिर्वाचित अध्यक्ष अधिकारीले रिटर्नीहरुलाई उधमशिलतामा जोडेर संगठनलाई सुदृढ गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नेकपा एमालेका स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, केन्द्रीय सदस्यहरु माधव ढुंगेल, रचना खड्कालगायतको आथिथ्यमा कार्यसमिति घोषणा गरिएको थियो ।