संविधानको पक्षमा गठबन्धन हुनुपर्छ : देउवा [पूर्णपाठसहित]

दर्पण दैनिक ६ चैत्र २०७९,१४:२२
post

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले राजनीतिक दलहरूबीचको गठबन्धनले मुलुकमा स्थायित्व ल्याउनुपर्ने बताएका छन् । उनले संविधानको वर्तमान निर्वाचन प्रणालीले प्रतिनिधिसभामा एउटा मात्रै राजनीतिक दलको बहुमत आउने अवस्था नरहेकाले गठबन्धनको अभ्यास गर्नुपर्ने बताए । 

प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार विश्वासको मतका लागि राखेको प्रस्तावमाथि आफ्ना धारणा राख्दै सभापति देउवाले संविधानको पक्षमा गठबन्धन हुनुपर्ने बताए । 'राजनीतिक गठबन्धन आत्मकेन्द्रित, स्वार्थ प्रेरित, क्षणिक र अस्थिरता ल्याउने हुनुहुँदैन । देश र जनताको पक्षमा संविधानको रक्षा गर्ने, देशमा स्थिरता, अमनचयन, शान्ति र विकासका लागि गठबन्धन हुन आवश्यक छ,' उनले भने ।


सरकारले अब आरोपप्रत्यारोपमा मात्रै नलागेर शान्ति प्रक्रियाका बाँकी काम टुंगोमा पुर्‍याउने, विकास निर्माण र सुशासनका काम गर्नुपर्ने देउवाको भनाइ छ । कांग्रेसले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएर सरकारमा सहभागी हुनेसमेत बताए ।

 

 

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९