गठबन्धनको बैठकमा मन्त्रालय बाँडफाँटबारे सहमति जुटेन

दर्पण दैनिक १४ चैत्र २०७९,२०:५४
post

काठमाडाैं । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको सत्ता गठबन्धनको बैठक सहमति नजुटेपछि भोलि फेरि बस्ने गरी सकिएको छ । सबै दलहरू आ-आफ्नै अडानमा रहँदा मन्त्रालय बाँडफाँटमा सहमति नजुटेको हो । मन्त्रिपरिषद् विस्तार गर्दा आफूले आठ मन्त्रालय पाउनुपर्ने कांग्रेसको अडान छ । त्यस्तै, जसपा र नेकपा एसले तीन/तीन मन्त्रालयको दाबी छाडेका छैनन् । त्यस्तै लोसपाले दुईवटा मन्त्रालय पाउनुपर्ने अडान राखेको छ ।

दलहरूले दाबी नछाड्दा मन्त्रिपरिषद् विस्तार पनि प्रभावित बनेको छ । सत्ता गठबन्धनमा मन्त्रालय भागवण्डा टुंग्याएपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुनेछ । तर, दलहरूले अडान नछाड्दा आजको बैठक बिनानिष्कर्ष टुंगिएको हो ।

तर, बैठकमा सहभागी भएका कांग्रेस नेता रमेश लेखक भने गठबन्धनमा कुरा मिल्ने र चाँडै मन्त्रिपरिषद् बिस्तार हुने दाबी गर्छन् । 'मन्त्रिपरिषद् चाँडै बिस्तार हुन्छ, कुरा नमिल्ने कुरै छैन,' बैठकपछि लेखकले भने, 'गठबन्धनलाई दिगो बनाउन सबै दल भित्रैबाट लागिरहेका छन् ।'

आजको बैठकमा न्युनतम साझा कार्यक्रमको मस्यौपा पेस भएको र त्यसबारेमा छलफल भएको उनले भने । तर मन्त्रालय भागवण्डामा भने छलफल नभएको उनको दाबी छ । 'भागवण्डामा छलफल भएन,' लेखकले भने, 'मन्त्रालयमा मिल्ला/नमिल्ला भन्ने अवस्था छैन ।'

आजको बैठकमा गठबन्धनको साझा न्यूनतम कार्यक्रमबारे भने छलफल भएको छ । साझा न्यूनतम कार्यक्रमका सम्बन्धमा आआफ्नो दलमा छलफल गरेर भोलि बिहान ९ बजे पुनः बैठक बस्ने सहमति भएको जनाइएको छ ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: