काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले बनाएको छानबिन समितिमा बयानका लागि नजाने बताएका छन् ।
आइतबार सञ्चारकर्मीहरूसँग कुराकानीमा उनले कुनै पनि छानबिन समितिले बोलाउँदैमा आफू लुरुलुरु बयान दिन नजाने बताएका हुन् । साथै, उनले कुनै पनि बयानमा आफैंलाई धोका दिने काम नगर्ने पनि जिकिर गरे ।
‘केपी ओली सोझो छ भन्दैमा, आयोगहरू जसजसले जहाँ जहाँ बनाउँदै हिँड्छ, जसले सोध्दै हिँड्छ, त्यहाँ त्यहाँ लुरुलुरु गएर बयान दिने काम हो ?,’ ओलीले भने, ‘त्यस्ता काम केपी ओलीले गर्दैन । कुनै बयानमा आफैंलाई धोका दिने काम केपी ओलीले गर्दैन ।’
उनले आफू लोकतन्त्रका लागि विश्वास राख्ने व्यक्ति भएको उल्लेख गर्दै लोकतन्त्रको रक्षाका लागि निरन्तर लागिरहने समेत बताए । सरकारले भदौ २३ र २४ गतेको छटनाको छानबिन गर्न गौरीबहादुर कार्की नेतृत्वमा छानबिन समिति बनाएको छ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google