काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचेतकमा सांसद निशा डाँगी नियुक्त भएकी छन् ।
सोमबार पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बसेको संसदीय दल बैठकले डाँगीलाई सचेतकको जिम्मेवारी दिएको हो ।
रास्वपाका प्रमुख सचेतक सन्तोष परियारका अनुसार सांसद डाँगीलाई सचेतक बनाउने निर्णय भएको छ । ‘निशा डाँगीलाई हामीले सचेतक बनाएका छौं,’ उनले भने।
डाँगी भद्रपुर नगरपालिका वडा नम्बर १ झापाकी हुन् । उनी समानुपातिकतर्फबाट रास्वपामा प्रतिनिधि सभा सांसद बनेकी थिइन् ।