काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा महासचिव नेत्र विक्रम चन्दबीच भेटवार्ता भएको छ ।उनीहरुबीच शुक्रबार विहान प्रधानमन्त्री निवास वालुवाटारमा भएको हो ।
दुई नेताहरुबीच भएको भेटमा मुख्यगरी समाजवादी मोर्चालाई कसरी प्रभावकारी बनाउने, माओवादी आन्दोलनको उपलब्धिको रक्षा र पार्टी एकताको विषयमा छलफल भएको बताइएको छ । केही दिन अघि मात्रै राष्ट्रियसभा गृहमा एक कार्यक्रमकाबीच समाजवादी मोर्चा गठन भएको थियो ।
सो मोर्चामा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वकाे नेकपा छन् ।