हवाई उडान सर्वसुलभ बनाउन नेविसंघले बुझायाे ५ बुँदे ध्यानाकर्षण पत्र

दर्पण दैनिक १५ आश्विन २०८१,१२:५४
post

काठमाडौँ । सत्ता साझेदार दल नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी सङ्घले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे समझ ५ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । 

सङ्घका अध्यक्ष दुजाङ शेर्पाले दिएको जानकारी अनुसार आज मन्त्रालयमा पुगेर ध्यानाकर्षण गराइएको हो । आफूहरूले बाढी पहिरोका कारण मुख्य राजमार्ग एवं सडकमार्ग समेत अवरुद्ध भएको अवस्था र चाडपर्वलाई मध्यनजर गर्दै आन्तरिक उडानमा ‘अपर फेयर’ लागू नहुने गरे भएको निर्णयलाई निरन्तरता दिन माग गरिएको उनले बताए । 

यस्तै‚ चाडबाडका बेला सडकको पहुँच नभएका खासगरी हिमाली तथा दुर्गम जिल्लाका जनताको आवश्यकतालाई मध्यनजर गर्दै हवाई यातायातलाई सहज र सर्वसुलभ बनाउन पनि ध्यानाकर्षण गरिएको उनले बताए ।

ध्यानाकर्षण पत्र

प्रस्तुत विषयमा मुलुकको आर्थिक विकासको प्रमुख आधार रहेको पर्यटन क्षेत्रले समग्र आर्थिक विकास र समुन्नतिमा टेवा पुऱ्याउँदै आएको सर्वविदितै छ । पर्यटन क्षेत्रको विकास र विस्तार सहित आन्तरिक र बाह्य हवाई यातायात विकास गरी थप सुरक्षित, स्तरीय र भरपर्दो बनाउन माननीय मन्त्री बद्री प्रसाद पाण्डे ज्यूले नेतृत्व गर्नु भएको यस मन्त्रालयले तुलनात्मक रुपमा आम जनता द्वार अपेक्षा र जनताले महसुस गर्ने गरी परिणाम दिन सफल हुनेछ भन्ने विश्वास लिएका छौं । यसै सन्दर्भमा पछिल्लो समय नेपाल जनताले व्यहोर्नु परेको प्राकृतिक विपत्ति र नजिकिँदै गरेका चाडपर्वहरूलाई दृष्टिगत गरी देहाय बमोजिमका विषय उपर ध्यानाकर्षण गराउँदछौँ ।

१. अविरल वर्षाका कारण काठमाडौं उपत्यका लगायतका विभिन्न स्थानमा ठुलो जनधनको क्षति भएको छ । हाल सम्मको तथ्याङ्‌क अनुसार २०५ जनाले ज्यान गुमाएका छन् भने सयौं बेपत्ता र घाइते भएका छन् । पहिरोका कारण मुख्य राजमार्ग एवं सडकमार्ग समेत अवरुद्ध भएका छन । तसर्थ विपत्ति र नजिकिंदै गरेका चाडपर्वलाई मध्यनजर गर्दै पछिल्लो समय आन्तरिक उडानमा "अपर फेयर" लागू नहुने गरे भएको निर्णयलाई निरन्तरता दिई हवाई शुल्क सर्वसुलभ बनाउनु पर्ने तर्फ यहाँको ध्यानाकर्षण गराउँछु ।

२. हिमाली जिल्लाहरु बसोबास गर्ने आम सर्वसाधारण हप्तौं दिन सम्म विमानस्थल धाउनुपर्ने परिस्थिति अन्त्य गर्दै चाडबाडका बेला सडकको पहुँच नभएका खासगरी हिमाली तथा दुर्गम जिल्लाका जनताको आवश्यकतालाई मध्यनजर गर्दै हवाई यातायातलाई सहज र सर्वसुलभ बनाउन यहाँको ध्यानाकर्षण गराउँछु ।


३. नेपालले पर्यटन क्षेत्रको पुनरुत्थानका लागि लिएका नीति, कार्यक्रम तथा प्रयासको पर्यटनको एक महत्त्वपूर्ण पूर्वाधार हवाइ यातायातका लागि नेपाली आकाशलाई सुरक्षित र विश्वसनीय बनाउन अन्तर्राष्ट्रिय मापदण्डअनुसार हवाई सुरक्षा (Air Safety) सुधारका नीतिगत र संरचनागत कामहरू अघि बढाउनु पर्ने आवश्यकता तर्फ यहाँको ध्यानाकर्षण गराउँछु ।

४. अन्तराष्ट्रिय हवाई परिवहन विषयक नियमहरू एकीकरण गर्ने सम्बन्धमा व्यवस्था भएको महासन्धि (Warsaw Convention १९२९, Hague Protocol for the amendment of the Warsaw Convention, १९५५, Montreal Convention, १९९९) को व्यवस्था र सिद्धान्त बमोजिम राष्ट्रिय कानून समानीकरण एवं सम्मिलन गराई हवाई सुरक्षा र दुर्घटना सम्बन्धी नेपाल पक्षराष्ट्र रहेका सन्धि सम्झौता बमोजिम आन्तरिक हवाई उड्डयनमा समेत उचित क्षतिपुर्तिको व्यवस्था मिलाउन र लापरबाही गर्ने हवाई यातायात व्यवसायी संस्था र व्यक्तिहरुलाई कडा कारवाहीको व्यवस्था मिलाउनुपर्ने तर्फ यहाँको ध्यानाकर्षण गराउँछु ।


५. राष्ट्रिय सभा बाट पारित भई प्रतिनिधि सभाको कार्यकाल समाप्त भएकाले निष्क्रिय भएको नेपाल नागरिक उड्यन प्राधिकरण विधेयक यथाशीघ्र सदनमा प्रवेश गराई आवश्यक परिमार्जन सहित पारित गर्न यहाँको ध्यानाकर्षण गराउँछ ।
दुजाङ शेर्पा
अध्यक्ष
नेपाल विद्यार्थी संघ
केन्द्रीय कार्यसमिति
 

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: