
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले सत्तागठबन्धन फुटाउन प्रयासरत रहेको आरोप लगाएका छन् । पार्टीको दोस्रो केन्द्रीय परिषद् बैठकको उद्घाटन समारोहमा बोल्दै नेपालले सत्ताच्युत भएर प्रतिपक्षमा पुगेको एमालेले गठबन्धन तोड्न प्रयास गरिरहेको बताएका हुन् । उनले कोशी प्रदेशमा भएको राष्ट्रियसभा निर्वाचनबारे पनि गठबन्धन दलले गम्भीर समीक्षा गर्नुपर्ने बताए ।
‘प्रमुख प्रतिपक्षमा पुगेको एमालेले अत्यन्त गैरजिम्मेवारीपूर्ण ढंगले नकारात्मक भूमिका निर्वाह गरिरहेकाे छ । विभिन्न ढंगले सरकार सञ्चालनमा रहेको वर्तमान गठबन्ध तोड्न उद्धत छ,’ उनले भने, ‘राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनबिच भागबन्डा भएको थियो। तर कोसीमा भोट क्रसिङ भयो र महिला क्लस्टरमा एमाले उम्मेदवार निर्वाचित हुन पुगे । यो घटना सबै दलका लागि छलफलको विषय हुन पुगेको छ ।’
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google