बाढी पहिरो पीडितका लागि माओवादीका सांसदहरूले १० दिनको पारिश्रमिक दिने

दर्पण दैनिक १४ आश्विन २०८१,१६:४९
post

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले बाढीपहिरो पीडितका लागि केन्द्रीय राहत कोष स्थापना गरेको छ ।  पार्टीको ग्लोबल आइएमई बैंक कोटेश्वर शाखामा रहेको ३६०१०१०००००४५ नम्बरको खातामा रकम जम्मा गर्न सकिने गरी केन्द्रीय राहत कोष स्थापना गरिएको माओवादीले जनाएको छ ।
 
पदाधिकारी बैठकको निर्णयअनुसार राहतकोष स्थापना गरेर माओवादी केन्द्रले माताहतका कमिटीलाई राहत जम्मा गर्न परिपत्र पनि गरिसकेको छ । 

सो केन्द्रीय राहतकोषमा सङ्घीय संसद्का सदस्य र प्रदेशसभा सदस्यहरुले दश/दश दिनको पारिश्रमिक जम्मा गर्ने छन् । स्थानीय तहका जनप्रतिनिधिलाई स्वैच्छिक सहयोग गर्न माओवादी केन्द्रले परिपत्रसमेत गरेको छ ।
 
पार्टीका प्रदेश समितिले पनि राहत रकम सङ्कलन गरी केन्द्रीय राहतकोषमा रकम जम्मा गर्ने व्यवस्था मिलाइएको माओवादी केन्द्रको कार्यलय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए । 

केन्द्रीय कार्यालयमा पार्टीको विपद् व्यवस्थापन विभागले ‘हेल्प डेस्क’ स्थापना गरेर दैनिक विपतको स्थिति अद्यावधिक गर्ने व्यवस्था माओवादीले जनाएको छ ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post