एमाले काठमाडौँको अध्यक्षमा निरौला निर्वाचित, यस्ताे छ मतपरिणाम

दर्पण दैनिक २९ जेष्ठ २०८१,२१:२८
post

काठमाडौं । नेकपा एमाले काठमाडौंको जिल्ला अध्यक्षमा दीपक निरौला निर्वाचित भएका छन् । आज (मंगलबार) मतदान प्रक्रियामा ३७० मत प्राप्त गरी निरौला निर्वाचित भएका हुन् ।

उनका प्रतिष्पर्धी निर्मल देउलाले १९१ मत पाए । निरौला निवतर्मान अध्यक्ष थिए भने देउला महानगर कमिटीको पूर्व अध्यक्ष थिए । पदाधिकारीहरुमा पनि निरौला निकटहरु नै विजयी भएका छन् । 

जसअनुसार उपाध्यक्षमा विश्वराम सापकोटाले देउला निकट नवराज पराजुलीलाई पराजित गरेका छन् । सापकोटाले २६४ र पराजुलीले १७४ मत पाएका थिए ।

सचिवमा राजेश शाक्य ३७० मत ल्याएर विजयी भएका छन् भने सत्यनारायण डंगोल १९१ मत ल्याएर पराजित भएका छन् । त्यस्तै उपसचिवमा निरौला समूहबाटै उद्धव भण्डारी र बिन्दू महर्जन विजयी भएका छन् । देउला प्यानलबाट उपसचिवमा गुन्जमान सींह बस्नेत र तारा भण्डारीको उम्मेद्वारी थियो । 

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९