एसिया कपका केही खेल नेपालमा खेलाउन पहल थालौँ : रास्वपा

दर्पण दैनिक १९ बैशाख २०८०,१४:४४
post

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी सेप्टेम्बरमा हुने भनिएको एसिया कप क्रिकेट प्रतियोगिता नेपालमा गराउन माग गरेको छ । 

नेपाली क्रिकेट टोलीले यूएईलाई हराउँदै एसिया कप यात्रा तय गरेपछि उक्त पार्टीका महामन्त्री डा. मुकुल ढकालले यस्तो माग गरेका हुन् । 


रास्वपा प्रवक्तासमेत रहेका ढकालले पाकिस्तानमा एसिया कप हुने अन्योल देखिएकाले समूह चरणका खेलहरू नेपालमा गराउन पहल थाल्न आग्रह गरेका हुन् । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको यही वैशाख अन्तिम साता हुने भनिएको भारत भ्रमणका क्रममा एसिया कपलाई एजेन्डा बनाउन पनि ढकालले माग गरेका हुन् । 

‘एसिया कप कहाँ हुने भन्ने अन्योल देखिएको छ । यस्तोमा एसिया कपका समूह चरणका खेल नेपालमा गराउन उपयुक्त भएकाले नेपाल सरकारको उच्चस्तरीय संयन्त्रबाट प्रतिस्पर्धी मुलुकहरू र एसिसीसँग आजैदेखि पहल थालियोस्,’ ढकालले भनेका छन्, ‘प्रधानमन्त्रीको आसन्न भारत भ्रमणमा यो एजेन्डा पनि सामेल गरी पहल गरियोस् ।’


नेपालले मंगलबार त्रिवि क्रिकेट मैदानमा यूएईलाई ७ विकेटले हराउँदै २००२ पछि दोस्रो पटक एसिया कप यात्रा तय गरेको छ । 

पाकिस्तानमा हुने भनिएको नेपाल एसिया कपमा पाकिस्तान र भारतसँगै समूह 'ए' मा छ । तर भारतले पाकिस्तान गएर नखेल्ने भनेपछि एसिया कप संकटमा परेको छ ।

विज्ञप्ति

नेपाली क्रिकेट टिमले मंगबलार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा युएईलाई पराजित गरी नेपाल एसिसी प्रिमियर कप च्याम्पियन बनेको छ । यससँगै नेपाल एसिया कपका लागि छनोट हुन सफल भएको छ र आगामी सेप्टेम्बरमा हुने एसिया कपमा भारत र पाकिस्तान रहेको समूहमा नेपालले पनि खेल्ने मौका पाएको छ । नेपाली क्रिकेट टिमलाई आजको महत्वपूर्ण जितका लागि धेरै धेरै बधाई ।

खेलाडिहरूको आजको प्रदर्शनले नेपालको प्रतिष्ठा बढाएको छ । यसैबीच एसिया कप कहाँ हुने भन्ने अन्योल देखिएको प्रसङ्गमा एसिया कपका समूह चरणका खेलहरू नेपालमा गराउन उपयुक्त भएकाले नेपाल सरकारको उच्चस्तरीय संयन्त्रबाट प्रतिस्पर्धी मुलुकहरू र एसिसीसँग आजैदेखि पहल थालियोस् । प्रधानमन्त्रीको आसन्न भारत भ्रमणमा यो एजेन्डा पनि सामेल गरी पहल गरियोस् ।

डा. मुकुल ढकाल

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post