भाेटरसमेत नरहने भन्दै राप्रपाबाट बाहिरिएकी अन्जना शाह रावल फेरि राप्रपामै

दर्पण दैनिक २७ असार २०८१,१२:२९
post

काठमाडौँ । पार्टीभित्रको अन्तर्विरोधप्रति असन्तुष्टि जनाउँदै साधारण सदस्य समेत नरहने गरी राप्रपाबाट बाहिरिएकी नेतृ अन्जना शाह रावल अन्ततः पार्टीमै फर्किएकी छन् । शीर्ष नेताहरूले राजीनामा नदिन गरेको आग्रह र विषम परिस्थितिलाई ध्यानमा राख्दै आफू पार्टी जिम्मेवारीमा फर्किएको शाहले जनाएकी छन् ।

‘मलगायत मेरो परिवार सम्पूर्ण साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएका थियौँ। तर पूर्वअध्यक्ष पशुपति शमशेर जबरा र डा‍ प्रकाशचन्द्र लोहनीलगायतको आग्रहमा पार्टीमा फर्किन लागेकी छु ।’ उनले भनेकी छन्, ‘देशभरीका साथीहरूको आग्रह र हिन्दु राष्ट्र, राजासहितको प्रजातन्त्रको अगाध मायाले पार्टीमै सक्रिय बन्न लागेकी हुँ।’

उनले आगामी दिनमा विगतमा जस्तै सक्रिय भएर पार्टीगत काममा लाग्ने प्रतिबद्धता जनाएकी छन् । केही समयअघि मात्रै पार्टीभित्रको असन्तुष्टिले शाहले पार्टी त्यागेकी थिइन् । 

उनी गत वैशाख २५ गते काठमाडौंमा भएको राप्रपाको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको महाधिवेशनबाट अध्यक्ष पदमा  सर्वसम्मत चयन भएकी थिइन् । 

याे पनि : भाेटरसमेत नरहने घाेषणा गर्दै राप्रपा महिला संगठनकी अध्यक्ष अञ्जना शाह रावलले दिइन राजीनामा

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९