
काठमाडाैँ । घुस ‘डिल’ प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन् । आज बिहान पदबाट राजीनामा दिएको मन्त्री गुप्ताले जानकारी दिएका हुन् ।
कास्कीका तत्कालीन मालपोत कार्यालय प्रमुखको सरुवा थमौती र भूमि आयोग जिल्ला अध्यक्ष बनाइदिने भनी ७८ लाखको घुस मागेको अडिओ सार्वजनिक भएपछि मन्त्री गुप्ता विवादमा परेका थिए । एमालेबाट मन्त्री बनेका उनले राजीनामा दिनुपर्ने माग पार्टीभित्रै भइरहेको थियो ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google