आजबाट सुरु हुँदै एमाले केन्द्रीय कमिटी बैठक

दर्पण दैनिक २८ बैशाख २०८०,०७:०५
post

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुँदै छ । बैठक एमाले केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । 

बैठकका एजेण्डा पार्टीको सचिवालयल बैठकले यसअघि नै तय गरिसकेको छ । केन्द्रीय कमिटी बैठकमा ‘मिसन ग्रासरुट’ अभियानको समीक्षा गर्ने एमालेको तयारी छ ।

केन्द्रीय कमिटी बैठक आजदेखि तीन दिन (३० गते)सम्म चल्ने एमालेले जनाएको छ ।  

बैठकमा समसामयिक विषयमा पनि छलफल हुनेछ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीका नेता पनि मुछिएपछि बैठकमा यसबारे पनि छलफल हुनेछ । पक्राउ पुर्जी जारी भए पनि एमाले सचिव टोपबहादुर रायमाझी पक्राउ परेका छैनन् । रायमाझीको विषयमा पनि बैठकमा छलफल हुने नेताहरू बताएका छन् । रायमाझीलाई एमालेले निलम्बन भने गरिसकेको छ । 

सुरूमा बैठक झापाकाे दमकमा बस्ने तय भएकाे थियाे । तर, संसद् बैठकमा सहभागी हुन कठिन हुनेलगायत कारण देखाउँदै बैठक केन्द्रीय कार्यालय च्यासलमै बस्ने एमालेले  निर्णय गरेकाे थियाे । 

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९