चीन भ्रमणबारे पूर्वप्रधानमन्त्रीहरूसँग प्रधानमन्त्री ओलीले गरे छलफल, किन गएनन् देउवा ?

दर्पण दैनिक १० मंसिर २०८१,१३:०७
post

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे पूर्वप्रधानमन्त्री/पूर्व परराष्ट्रमन्त्रीहरुसँग सिंहदरबारमा छलफल सुरु भएको छ । चीनको औपचारिक भ्रमणमा जानुअघि सुझाव लिन प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीको कार्यालय सिंहदबारमा बैठक बोलाएका थिए ।

बैठकमा पूर्व प्रधानमन्त्रीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव नेपाल, झलनाथ खनाल, मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी लगायत छन् । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा भने छलफलमा देखिएका छैनन् ।

पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा आज धनुषा पुगेका छन् । जनकपुरधाम उमहानगरपालिका -२५ लोहनामा पार्टीले आयोजना गरेको कार्यक्रममा सहभागी हुन कांग्रेस सभापति देउवा त्यहाँ गएका हुन् ।  सभापति देउवा आज दिउँसो १ बजे लोहनामा आयोजित कार्यक्रममा सहभागी हुने र आजै बेलुका काठमाडौँ प्रस्थान गर्ने कार्यक्रम छ । 


त्यस्तै बैठकमा परराष्ट्रमन्त्री आरजु राणा देउवा, पूर्व परराष्ट्रमन्त्रीहरू नारायणकाजी श्रेष्ठ, एनपी साउद, महेन्द्रबहादुृर पाण्डे, पूर्व रक्षामन्त्री ईश्वर पोखरेल लगाउतको पनि उपस्थिति छ । प्रधानमन्त्री ओलीले यही मंसिर १७ गतेदेखि चीन भ्रमण गर्दैछन् ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post