महामन्त्रीद्धयको टालटुले छलफलले कांग्रेस रुपान्तरण हुने अवस्था छैन : भूपेन्द्रजंग शाही

दर्पण दैनिक २६ बैशाख २०८०,१६:४७
post

सुर्खेत । नेपाली कांग्रेसका युवा नेता भूपेन्द्रजंग शाहीले कांग्रेसलाई रुपान्तरण गर्ने हो भने महामन्त्रीहरुले विशेष महाधिवेशन बोलाउने हिम्मत गर्नुपर्ने बताएका छन् ।  पार्टीभित्र असन्तुष्टि पोखेर मात्रै रुपान्तरण सम्भव नभएकाले विशेष महाधिवेशन बोलाएर नै वृहत छलफल गरिनुपर्ने उनको भनाई छ । 

आज सुर्खेतमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले कांग्रेसलाई सुधार गर्नु नै अहिलेको आवाश्यकता रहेको औंल्याए । ‘कांग्रेसलाई सुधार गर्ने हो भने महामन्त्रीद्धयको टालटुले छलफलले कांग्रेस रुपान्तरण हुने अवस्था छैन,’ शाही भन्छन्, ‘त्यसैले रुपान्तरण नै गर्ने हो भने विशेष महाधिवेशन गर्नुपर्ने हुन्छ ।’ शाहीले पार्टीभित्र पनि तीव्र असन्तुष्टि पैदा भइरहेको र आशा जगाउनुपर्ने अहिलेको आवाश्यकता रहेको बताए । उनले भने, ‘पार्टीमा ठुलो आशा जगाउनु पर्नेछ । जनतामाझ भरोसा र कार्यकर्तामा विश्वास जगाउनुपर्ने छ । यो परिस्थितिमा सामान्य झारा टार्ने खालको छलफलले निकास निस्किँदैन ।’

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९