अखिल क्रान्तिकारीका दुबै समिति विघटन

दर्पण दैनिक २६ माघ २०७९,१३:३०
post

काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका दुबै समितिलाई विघटन गरिने भएको छ । माओवादीले बुधबार सर्कुलर जारी गर्दै अखिल क्रान्तिकारी भित्रको विवाद समाधान गर्न पञ्चा सिंह र पवन कार्की नेतृत्वका दुवै समितिलाई विघटन गरी राष्ट्रिय सम्मेलन आयोजक समिति बनाइने जानकारी दिएको हो ।

‘विद्यार्थी मोर्चामा देखिएको समस्यालाई हल गर्न बैठक राखेर केन्द्रीय आयोजक समिति निर्माण गर्ने र एकढिक्का भएर स्ववियु चुनावमा लाग्ने र स्ववियु चुनावपछि राष्ट्रिय सम्मेलन गरिनेछ,’ सर्कुलरमा भनिएको छ ।

अखिल क्रान्तिकारीमा संस्थापन पक्षविरुद्ध अर्का नेता पवन कार्कीले समानान्तर संगठन बनाएपछि लामो समयदेखि विवाद चुलिँदै आएको थियो । यसले चैत ५ मा हुने स्ववियु चुनावलाई समेत असर गर्ने भएपछि माओवादीले मध्यमार्गी बाटो अपनाएको हो ।

माओवादी केन्द्रको सर्कुलरमा संगठनभित्र समानान्तर गतिविधि गर्न रोक लगाउने निर्णय भएको पनि उल्लेख छ । २०७८ को असोज १४–१६ सम्म काठमाडौंमा भएको २२औं राष्ट्रिय सम्मेलनबाटै अखिल क्रान्तिकारीमा विवाद सुरु भएको थियो ।

पदाधिकारी र केन्द्रीय समिति समेत निर्माण गर्न नसकी अध्यक्षमा पञ्चा सिंहलाई मात्र चयन गर्दै राष्ट्रिय सम्मेलन सकिएको घोषणा गरिएको थियो । त्यसको करिब दुई महिनापछि अध्यक्ष सिंहले १९९ सदस्यीय केन्द्रीय समितिमा रहेकाहरुको नामावली सार्वजनिक गरेकी थिइन् ।

उक्त केन्द्रीय समितिको घोषणा विधानविपरीत भएको भन्दै पवन कार्की समूहले हलमै नाराबाजी गरेको थियो । त्यसपछि कार्की समूहले १८ असार २०७९ असारमा १९९ जनाको समानान्तर केन्द्रीय कमिटी घोषणा गरेको थियो ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९