काठमाडौँ । नेपाली कांग्रेस १५ औं महाधिवेशन महामन्त्रीका सशक्त उम्मेदवार नैनसिंह महरले विश्वविद्यालयबाट दिक्षित हुँदै गर्दा विद्यार्थीको हातमा एकातिर प्रमाणपत्र र अर्कोतिर पासपोर्ट हुने बाध्यताको अन्त्य अब यही पुस्ताको पालामा हुनुपर्ने बताएका छन् । नेपाल अध्यापक संघको ऐतिहासिक प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै नेता महरले शैक्षिक संस्थाहरूमा ताला लगाएर समृद्धिको ढोका नखुल्ने बताए ।
‘आज विद्यार्थीको हातमा 'डिग्री' मात्र होइन, देशको 'डाडु–पन्यु' सुम्पने हिम्मत हामीले गर्नुपर्छ,’ त्रिभुवन विश्वविद्यालयको दिक्षान्त समारोहलाई जोड्दै उनले भने, ‘विश्वविद्यालयबाट निस्कँदै गर्दा प्रमाणपत्रसँगै रोजगारीको सुनिश्चितता हुनुपर्छ ।’
संसारका उत्कृष्ट ५०० भित्र नेपालका कुनै पनि विश्वविद्यालय नपर्नु दुःखद् भएको उल्लेख गर्दै महरले अब 'ठूला भवन' भन्दा 'ठूला भिजन' भएका विश्वविद्यालयको आवश्यकता औंल्याए । उनले नेपालसँग सगरमाथा, लुम्बिनी र दुर्लभ संस्कृति भएकाले नेपाललाई ‘शिक्षाको अन्तर्राष्ट्रिय हब’ बनाउन सकिने प्रशस्त आधार भएको दाबी गरे । ‘हिराको सिरानी हालेर कोइलाको व्यापार गर्ने शैली बदलिनुपर्छ,’ उनले भने, ‘संसारका विद्यार्थीले गुगलमा ‘शिक्षा कहाँ पढ्ने?’ भन्दा नतिजामा ‘नेपाल’ आउने वातावरण बनाउनुपर्छ ।’
नेता महरले ‘स्वदेशमा टोक्ने र विदेशमा बिक्ने’ व्यवहारिक शिक्षा आजको आवश्यकता रहेको बताउँदै नेपालीको डिग्री विज्ञ बन्नका लागि काम लाग्नुपर्ने धारणा राखे। नेपाली कांग्रेस अर्को चुनावको लागि नभई अर्को पुस्ताको भविष्यका लागि शिक्षा नीति निर्माणमा जुटेको उनको भनाइ थियो । नेपाल सन् २०२६ मा एलडिसीबाट स्तरोन्नति हुँदा र २०३० को दिगो विकास लक्ष्य भेट्टाउन विदेशीको मुख ताक्ने नभई, आन्तरिक क्षमता बलियो बनाउनुपर्नेमा उनले जोड दिए ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)






































































































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google