काठमाडाैं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफूलाई अवमूल्यन गरे अर्को उथलपुथल ल्याइदिने चेतावनी दिएका छन् ।
रौतहटको गौर नगरपालिका– २ को लालबकैया नदीमा शनिवार झोलुंगे पुलको उद्घाटन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् । आफूले पटकपटक राजा महाराजादेखि हस्ती नेताको सामना गरेको भन्दै कमजोर नसम्झन पनि चेतावनी दिए ।
‘राजा वीरेन्द्र, ज्ञानेन्द्रदेखि हस्ती नेताहरू गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईसम्म र गिरजाप्रसाद कोइराला मात्रै होइन प्रचण्डसम्मलाई सामना गर्दै आएको छु,’ नेपालले भने, ‘यसैले हाम्रो पनि आफ्नै पहिचान, स्वाभिमान र मूल्य छ, यसलाई कसैले पनि कमजोरीको रुपमा नलिनुस् । यो कुरा बुझे ठीक छ, नभए सबै उल्टिन्छ र देशमा अर्को उथलपुथल ल्याइदिन्छौं ।’
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले आफूहरूको आफ्नै स्वाभिमान, पहिचान, मूल्य–मान्यता र महत्व रहेकाले हल्का रुपमा नलिन सचेत पनि गराए ।
आफूहरू कसैको दास र इशारामा चल्ने पार्टी र व्यक्ति नभएको उनले स्पष्ट पारे । एकीकृत समाजवादीको भूमिकालाई अवमूल्यन नगर्न पनि पनि उनले चेतावनी दिए ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google