सरकारले ल्याउने विधेयकमा एकमत भएर प्रस्तुत हुने १० दलको निर्णय

दर्पण दैनिक ४ चैत्र २०७९,१८:५३
post

काठमाडाैं ।  सत्ता साझेदार १० दलले संसदमा सरकारले ल्याउने विधेयकमा एकमत भएर प्रस्तुत हुने निर्णय गरेका छन् ।

शनिबार बालुवाटारमा बसेको सत्ता साझेदार १० दलको बैठकले आइतबार सरकारले संसदमा प्रस्तुत गर्ने विधेयकमा एकमत भएर प्रस्तुत हुने निर्णय गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

यस्तै ६ चैतमा प्रधानमन्त्रीले संसदमा राख्ने विश्वासको मतको प्रस्तावमा पनि एकमत भएर समर्थन गर्ने सहमति भएको छ । 

बैठकमा प्रधानमन्त्री प्रचण्डसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्णबहादुर खड्का, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, लोसपा नेता शरत सिंह भण्डारी, जनमत पार्टीका अध्यक्ष सीके राउत, आम जनता पार्टीका अध्यक्ष प्रभु शाह, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई लगायत नेताहरू रहेका थिए ।
 

सत्ता साझेदार १० दलबीच सत्ता बाँडफाँडबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिएपछि मात्र छलफल हुने बताइएकाे छ । शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदारीबारे विश्वासको मतपछि मात्र छलफलमा प्रवेश गर्ने बताएका हुन् । 

आजको बैठकमा प्रधानमन्त्रीको विश्वासको मतसँगै सत्ता बाँडफाँडबारे पनि छलफल हुने अपेक्षा गरिएको थियो । विश्वासको मत दलहरुबीच एक मत हुने सहमति बनेसँगै केही दलहरूले आज नै सत्ता साझेदारीको कुरा पनि टुङ्ग्याउनुपर्ने कुरा राखेका थिए । तर, प्रधानमन्त्री आफैले विश्वासको मत अघि यी विषयमा छलफल गर्न उपयुक्त नहुने बताएका थिए ।
 

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९