रास्वपाले गठन गर्‍यो र्‍यापिड एक्सस टीम, काे काे छन् केन्द्रीय टीम

दर्पण दैनिक १८ असार २०८०,१२:३७
post

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले उद्धार र राहतमा खट्ने गरि द्रुत कार्यटोली (र्‍यापिड एक्सस टीम (आरएटी) गठन गरेको छ । सामाजिक कार्यमा खट्नका उद्देश्यले लागि गठन गरिएको समिति प्रदीप तिमिल्सिना (साजन शर्मा)को नेतृत्वमा बनाइएको छ । उक्त समिति केन्द्रीय आरएटी विभागको मातहतमा हुने रास्वपाले जनाएको छ । केन्द्रीय समिति १२ जनाको बनाइएको छ । उक्त संख्या बढाएर ३३ जनासम्म पुर्‍याउन सकिने रास्वपाले जनाएको छ ।

आरएटी संरचना वडादेखि केन्द्रसम्म हुने रास्वपाले जनाएको छ । आरएटी गठन गर्दा मातहतका संरचनाले केन्द्रीय विभागको अनिवार्य अनुमति लिनुपर्नेछ । उक्त विभागको प्रमुखमा केन्द्रीय सदस्य विष्णुकुमार श्रेष्ठ (विष्णु पुरूष) छन् ।

उद्धारका लागि खटिने द्रुत टोलीको समिति ७ देखि ३३ जनासम्मको हुने महामन्त्री मुकुल ढकालले जानकारी दिए । विशुद्ध सामाजिक कार्यमा संलग्न गराउनका लागि पार्टीले आरएटी बनाएको ढकालले जानकारी दिए ।

रास्वपाले पार्टीको भ्रातृ संस्था गठन नगर्ने स्पष्ट पारिसकेको छ । आरटी विशुद्ध सामाजिक कार्यमा खटिने टोली भएकाले भ्रातृ संंस्थाको रुपमा बुझ्न नहुने महामन्त्री ढकाल बताउँछन् ।

दैवि प्रकोपमा परेका नागरिकलाई शीघ्र उद्धार गर्न लागि आएटी परिचालन हुने भएको छ । ‘आपत विपतमा परेका जनतालाई उद्धार गर्ने, आवश्यक सहयोग पुर्‍याउने कामका लागि हामी खटिन्छौं,’ केन्द्रीय आएटीका संयोजक साजन शर्माले भने, ‘प्रशासनसँग समन्वय गरेर नागरिकलाई सेवा दिने हाम्रो काम हो ।’

केन्द्रीय आरएटी

संयोजकः प्रदिप तिमल्सेना (साजन शर्मा)
उप–संयोजकः प्रेम थापा
सचिवः फणिन्द्र पौडेल
कोषाध्यक्षः कृष्णबहादुर थापा

सदस्यहरूः
राम कृष्ण श्रेष्ठ
महमद हुसेन खान(मुन्ना)
चिरञ्जिवी तिमल्सिना
रवि भुजेल
शेरबहादुर सिंह
सुरज खड्का
दिपा केसी बास्तोला
मिलनचन्द्र महत

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: