कांग्रेस महासमितिको बैठकमा ‘१५ बुँदे संकल्प प्रस्ताव’ पेश गर्दै युवा नेता शाही

दर्पण दैनिक २७ माघ २०८०,१८:५०
post

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीले आगामी महासमितिको बैठकमा कांग्रेसलाई आमुल परिवर्तनको लागि  ‘१५ बुँदे सङ्कल्प प्रस्ताव’ पेश गर्ने तयारी गरेका छन् । आगामी फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा बस्ने महासमिति बैठकमा नेता शाहीले कांग्रेसलाई आमुल परिवर्तनको लागि  ‘१५ बुँदे सङ्कल्प प्रस्ताव’ पेश गर्ने जानकारी दिएका हुन् । 

उनले भने– ‘बिभिन्न जिल्ला र क्षेत्रका महासमिति सदस्यहरुसँग विशेष छलफल र बिचार विमर्श गरेर नेपाली कांग्रेसको आगामी महासमितिको बैठकमा नेपाली कांग्रेसलाई आमुल परिवर्तनको लागि ‘१५ बुँदे सङ्कल्प प्रस्ताव’ पेश गर्दै छु ।’

कांग्रेसलाई व्यक्ति होइन साझा र सामुहिक भावना अनुसार चलाउन, सत्ता केन्द्रीत होइन जनता केन्द्रीत पार्टि बनाउन,  भ्रष्टाचार नियन्त्रण, निर्वाचन प्रणाली परिवर्तन, सङठनको ढाचा, नागरिकका सवाल, पार्टिमा सामुहिक निर्णय र समान अवसर, भातृसस्थाको यथाशिघ्र महाधिवेशन, विदेश पलायन र युवा बेरोजगारी समस्या, उद्यमशीलता र नव प्रवर्तन लाइ विशेष प्रोत्साहनमा अग्रसरता लगायतका ‘१५ बुँदे सङ्कल्प प्रस्ताव’ महासमितिको बैठकमा पेश गर्न लागेको उनले बताए । साथै उनले  सुझाव सल्लाहसमेत मागेका छन् । 

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९