
काभ्रे । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि काभ्रेको खानीखोला गाउँपालिकाले २० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएको उल्लेख गर्दै गाउँपालिकाले २० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हाे ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज कोइरालाका अनुसार विपद्को कठिन घडीमा प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै खानीखोला गाउँपालिका, साल्मेचाकल, तालढुंगाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।
गाउँपालिकाले सहयोग रकम ठूलो विपत्तिको तुलनामा सानो भए पनि पीडामा रहेका नागरिकप्रतिको साथ, सहानुभूति र मानवीय जिम्मेवारीको प्रतीक भएको जनाएको छ ।
बाढी प्रभावित नागरिकको उद्धार, राहत, उपचार तथा पुनःस्थापनाका कार्यलाई थप प्रभावकारी बनाउन सरकार, सुरक्षा निकाय, सामाजिक संघसंस्था, निजी क्षेत्र तथा नागरिक समाजबीच सहकार्य र एकताका लागि समेत गाउँपालिकाले आह्वान गरेको पालिका अध्यक्ष ईन्द्रबहादुर थिङले जानकारी दिए ।
छ ।
गाउँपालिकाले बाढीबाट प्रभावित नागरिक तथा परिवारलाई धैर्यधारण गर्ने शक्ति प्राप्त होस् र उनीहरू शीघ्र पुनःस्थापित भई सामान्य जनजीवनमा फर्किन सक्ने वातावरण निर्माण होस् भन्ने कामनासमेत गरेको छ।

























































































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google