बिराटनगर । प्रदेश नं १ को नाम कोशी प्रदेश अत्याधिक बहुमतले पारित भएको छ। भर्खरै सम्पन्न मत भिाजनमा कोशी प्रदेशको पक्षमा ८२ मत परेको हो । यसको विपक्षमा ४ मत मात्रै परेको छ। यो सँगै अब प्रदेश नं १ को नाम कोशी प्रदेश रहने भएको छ।
९३ सांसद रहेको प्रदेश सभामा ८६ जना मात्रै मतविभाजनमा सहभागी थिए । नेकपा एमालेका सांसद रामबहादुर मगरले कोशी प्रस्ताव गरेका हुन्। प्रमुख तीन ठूला दलबीच सहमती जुटिसकेको थियो ।
एकीकृत समाजवादीले यो नामको विपक्षमा संशोधन प्रस्ताव दर्ता गराएको थियो। तर त्यो बहुमतबाट अस्वीकृत भएको थियो ।
कोशी प्रदेशमा आज बिहीबार सार्वजनिक बिदा दिइएको छ । प्रदेशको नाम कोशी नामकरण भएको अवसरमामा आज सार्वजनिक बिदा दिइएको हो ।
प्रदेश मन्त्रिपरिषद्को बुधबारको निर्णयअनुसार आज प्रदेशभरि सार्वजनिक बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । बुधबार प्रदेशसभाले प्रदेशको नाम दुई तिहाइ बहुमतका साथ टुङ्गो लगाएको थियो ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google