यातायात व्यवसायीले गाडी नचलाएपछि चौकुनेका जनता टिप्परबाट जाेखिमपूर्ण यात्रा गर्दै

दर्पण दैनिक २० श्रावण २०८०,२०:२६
post

सुर्खेत । यातायात व्यवसायीले ४२ दिनसम्म पनि गाडी नचलाएपछि सुर्खेतको चौकुने गाउँपालिकाले नै टिप्परको व्यवस्था गरेर त्यसैमा यात्रुलाई बोक्न थालेको छ । सुर्खेतमा सञ्चालित संयुक्त यातायात व्यवसायीले ४२ दिनदेखि गाउँपालिकामा गाडी चलाउन बन्द गरेका छन् । व्यवसायीले गाडी नचालाउँदा सर्वसाधारणहरूलाई ठूलो मर्का परेकाले टिप्परबाट यात्रु बोक्न थालिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले सदरमुकाम वीरेन्द्रनगरसम्म टिप्परबाट यात्रु ओसार-पसार गर्न सुरु गरेको हो । लामो समय बन्द भएको यातायात सेवा सुचारु गर्न बारम्बार यातायात व्यवसायीसँग अनुरोध गर्दा पनि सुनुवाइ नभएपछि नागरिकलाई गाउँपालिकाका टिप्परबाट सेवा दिनु परेको गाउँपालिकाले जनाएको छ ।


‘विगत एक महिनादेखि चौकुने गाउँपालिकामा सार्वजनिक यातायातका सवारीसाधन सञ्चालनमा नआएको र सुर्खेत जिल्लाको सवारी यातायात सञ्चालन गर्ने संयुक्त यातायात व्यवसायी संघलाई यस विषयमा मौखिक तथा लिखित जानकारी दिनुका साथै पत्रकार सम्मेलनसमेत गरेको र वर्षातका कारण विग्रेको बाटो गाउँपालिकाद्वारा मर्मत सम्भार गरिएको तथा यातायात सञ्चालनमा आएपछि बाटो बिग्रेको खण्डमा गाउँपालिकाले मर्मत सम्भार गर्ने भनी पटक–पटक जानकारी गराउँदासमेत यातायातका साधन सञ्चालनमा नआएकोले चौकुनेका आम जनतालाई परेको पीडा महसुस गरी गाउँपालिकाको टिप्परमार्फत सवारी ओसारपसार गर्नुपर्ने बाध्यता आएकाले सो कार्यमा आवश्यक समन्वय र सहयोग गरिदिनहुन अनुरोध छ,’ गाउँपालिकाद्वारा जारी सूचनामा भनिएको छ ।


शनिबार संयुक्त यातायात व्यवसायीको ज्यादतीका विरुद्ध गाउँपालिकाद्वारा निःशुल्क यात्राको ब्यानर टाँगेर दुई वटा टिपरमा पालिका अध्यक्ष विकसहित ६० जना यात्रु वीरेन्द्रनगरका लागि पठाइएको छ । चौकुनेका नागरिकले राजधानी वीरेन्द्रनगर पुग्न १०० किलोमिटरको गाडी यात्रा गर्नुपर्दछ । अध्यक्ष विकका अनुसार शनिबारबाट दुईवटा र आइतबारबाट चार वटा टिपरबाट सेवा दिइनेछ ।

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: