१०१ वर्षीया ठुली सिलवाल कोन्ज्योसोम गाउँसभाको प्रमुख अतिथि

दर्पण दैनिक ११ असार २०८१,१३:१२
post

ललितपुर । असार १० मा देशैभरका स्थानीय तहहरुले बजेट अधिवेशन गर्नुपर्ने व्यवस्थाबमोजिम ललितपुरको कोन्ज्योसोम गाउँपालिकाको चौधौँ अधिवेशन सुरु भएको छ । गाउँपालिका प्रमुख कृष्णमान लामाको अध्यक्षतामा सुरु भएको गाउँ अधिवेशनमा गाउँपालिका भरीकै ज्येष्ठ नागरिक १ सय १ वर्षीय ठुली सिलवालले प्रमुख आतिथ्यता ग्रहण गरेकी छन् ।


सिलवालले दीप प्रज्वलन गरेर गाउँपालिकाको चौधौँ अधिवेशनको उद्घाटन गरेकी हुन् । उक्त अवसरमा उनको हातबाट गाउँपालिकाका शिक्षा,युवा तथा खेलकुद शाखा प्रमुख विष्णु प्रसाद आचार्यलाई उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरिएको छ । साथै गाउँपालिका अध्यक्ष कृष्णमान लामा र उपाध्यक्ष राजन प्रसाद घिमिरेको उपस्थितिमा वडा नं ४ नल्लु निवासी सिलवाललाई सम्मान पत्र तथा मायाको चिनो प्रदान गरेका छन् ।


गाउँपालिकाले गाउँसभाको अवसरमा विभिन्न कर्मचारी,खेलाडी सम्मान तथा छात्रवृत्ति सम्मान समेत गरेको छ । साथै उक्त अवसरमा गाउँपालिकाको  आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम र अनुमानित बजेट प्रस्तुत गर्ने कार्यक्रम छ ।

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: