भुमिकास्थान १ का वडाध्यक्षद्वारा अग्नि पीडितलाई राहत र सुत्केरीलाई अण्डा वितरण

माधव खनाल १६ जेष्ठ २०८१,१५:५९
post

माधव खनाल, अर्घाखाँची । अर्घाखाँची जिल्लाको पश्चिमी क्षेत्र भुमिकास्थान नगरपालिका १ का वडाध्यक्ष गोपालप्रसाद खनालले अग्नि पीडितलाई राहत र सुत्केरीलाई अण्डा वितरण गरेका छन् । वडाध्यक्ष गोपालप्रसाद खनालले आफ्नो जन्मदिनको अवसर पारेर बुधबार अग्नि पीडितलाई राहत र सुत्केरीलाई अण्डा वितरण गरेका हुन् ।

खनालले गत वैशाख महिनामा आगलागी भएर घरबार विहिन भएका भुमिकास्थान नगरपालिका १ ढाकावाङ्ग साम्नेगाउँ सिउडेनी निवासी अग्नि पिडित टेकबहादुर थापालाई नगतसहित दुइवटा बाख्रा, खाद्यान्न र ग्यास चुलो, कम्बललगायत सामाग्री वितरण गरेका हुन् ।

नेपाली कांग्रेस अर्घाखाँची जिल्लाका प्रभावशाली युवा नेताको रूपमा परिचित खनालले आजै ढाकावाङ्ग स्वास्थ्यचौकीमा एक कार्यक्रमका बीच सुत्केरी महिलाहरुको लागि  अण्डा वितरण गरेका छन् । 

खनालले आफूले आफ्नो जन्मदिनलाई फजुल खर्च गर्नुको साटो केही फरक तर नमुना सामाजिक काम गरेको बताए । उनले दुखी गरीबको लागि हित हुने काम गरि जन्मदिनको मनाउन पाउँदा आफूलाइ खुसीको अनुभुती भएको बताए ।

साथै अध्यक्ष खनालले बिगतमा पनि आफूले आफ्नो जन्मदिनको अवसर पारी भुमिकास्थान नगरपालिका १ का विभिन्न धार्मिकस्थल मठमन्दिर निर्माणको लागि सहयोग गर्दै आएको बताए ।

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: