महालक्ष्मी नगरपालिका र चीनको जिङ्गाङ्शान नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापित हुने

सन्तोष दहाल ५ मंसिर २०८०,१५:११
post

सन्तोष दहाल, ललितपुर ।  ललितपुरको महालक्ष्मी नगरपालिका र चीनको जिङगाङशान नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापित हुने भएको छ । दुई नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापित गर्ने उद्देश्यका साथ जिङगाङशान नगरपालिकाका उपप्रमुख वांग हुवामिंगले महालक्ष्मी नगरपालिकाको भ्रमण गरेका छन् ।

सोमबार उपप्रमुख हुवामिंगले महालक्ष्मी नगरपालिकाको नगरकार्यपलिकाको कार्यालयसहित सिद्धिपुर सम्पदा क्षेत्र, लुभु सम्पदा क्षेत्र, लाकुरिभंज्यांग पर्यटकीय क्षेत्रको समेत भ्रमण गरेका थिए । साथै भगिनी सम्बन्ध स्थापित गर्नका लागि महालक्ष्मी नगरपालिका र जिङगाङशान नगरपालिकाबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ । सहमतिपत्र हस्ताक्षर कार्यक्रममा महालक्ष्मी नगरपालिकाका प्रमुख हरिगोबिन्द श्रेष्ठ, उपप्रमुख लक्ष्मी महर्जन, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षहरु तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

छलफलका क्रममा जिङगाङशान नगरपालिकाका उपप्रमुख हुवामिंगले महालक्ष्मी नगरपालिकासँग नेपालमा भागिनि शहरहरुसँग संवाद गर्नु र मैत्रीपूर्ण सम्बन्ध स्थापना गर्न आउन पाउँदा अत्यन्तै खुसी लागेको विचार व्यक्त गरे ।

चीन र नेपालका दुई शहरहरुबीचको सम्झौता सुखद रहेको भन्दै उनले जिङगाङशान नगरपालिका जनसरकारका तर्फबाट दुई स्थानबीच मैत्रीपूर्ण सम्बन्ध स्थापना भएकोमा हार्दिक धन्यवाद ज्ञापन गरे ।

मैत्रीपूर्ण सम्बन्ध स्थापना गर्न महालक्ष्मी नगरपालिकासँग कुराकानी भयो । उनले भने, 'यो एक लामो प्रतिक्षित नियुक्ति पनि हो । विश्वको शिखर सगरमाथाले छुट्याएको एउटा शहरहबाट पूर्ण सञ्चार र वार्तापछि आज अन्ततः भेट भएका छन् । जुन दुई देशको बढ्दो शक्ति र विकासको प्रतीक हो । यो आदान प्रदान र सहयोगको मजबुत गर्नको लागि हाम्रोलागि एक राम्रो शुरुवात पनि हो उहाँले भन्नुभयो । यो एक हृदय देखि हृदयको नियुक्ति हो । एउटा पुरानो चीनीयाँ उखान छ कि हजारौँ माइल टाढा भेट्ने भाग्य छ , यो नियती संस्कृति र विश्व सभ्यताको एकिकरणबाट आउँछ ।'

महालक्ष्मी नगरपालिका एक प्रसिद्ध सांस्कृतिक पर्यटकीय शहर हो र जिङगाङशान नगरपालिका चीनको पहिलो राष्ट्रिय उत्कृष्ट पर्यटकिय शहरहरु मध्य् एक हो उहाँले भन्नुभयो, जस्ले विश्वको पहिलो पर्वत को प्रतिष्ठाको आनन्द उठाई रहेको छ ।

भागिनी शहरहरुको स्थापना हाम्रो आ–आफ्नो संस्कृतिप्रतिको हाम्रो द्दढता र विश्वासबाट उत्पन्न भएको उनले बताए । उनले भने, 'यसले निश्चितरुपमा दुई देश र शहरका मानिसहरुको हृदयलाई एकसाथ नजिक ल्याउने उनको विश्वास छ । आशा छ भगिनी शहरुहरुबीचको सम्बन्धले मानिशहरुमा जरा गाढियोस र जीवन शक्ति आदान प्रदानमा निहित होस् ।'

उक्त कार्यक्रममा महालक्ष्मी नगरपालिकाका नगरप्रमुख हरीगोविन्द श्रेष्ठले जिङगाङशानसँग भगिनी सम्बन्ध कायम गरी पर्यटकीय, स्वास्थ्य, शिक्षा प्रविधि लगाएत विभिन्न क्षेत्रमा सहअस्तित्व सहित सहकार्य गर्न आफूहरु तयार रहेको बताए । उनले क्षेत्रफलका हिसाबले महालक्ष्मी नगरपालिका भन्दा जिङगाङशान नगरपालिका करिब ४८ गुणा (१२७६ वर्ग कि मी ठुलो भएपनि दुबै नगरपालिकाको जनसंख्या करिब बराबर रहेको भन्दै यसपछी हरेक कुरामा सहकार्य हुने बताए ।

उपप्रमुख लक्ष्मी महर्जनले उपस्थित अथितिहरुलाई स्वागत गर्दै नगरपालिकाबाट हुने बिभिन्न गतिबिधिहरुको बारे जानकारि गराएकी थिइन। सो क्रममा उनले विशेष गरी कृषि, प्राविधिक शिक्षा, फोहर व्यवस्थापन र स्वरोजगारीका विष्यमा हामी सहकार्य गर्न सक्ने विचार व्यक्त गरिन ।

यसैबीच मङ्गलबार उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकटेल,चिनियाँ राजदुत छन् सोङ लगायतका प्रतिनिधिहरुको संयुक्त उपस्थितिमा दुई पक्षबीच भगिनी सम्बन्ध स्थापित गर्ने सम्बन्धी आशयपत्रमा हस्ताक्षर भएको छ ।

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: