प्रवासी नेपाली मञ्च बहराईनद्वारा टर्किएका भुकम्प पीडितहरुको लागि ब्ल्याङ्केटहरु सहयोग

दर्पण दैनिक ४ फाल्गुन २०७९,१६:४९
post

काठमाडौं । प्रवासी नेपाली मञ्च, राष्ट्रीय कमिटी बहराईनले टर्किए र सिरियाका भुकम्प पीडितहरुको लागि संकलन गरेको ब्ल्याङ्केटहरु हस्तान्तरण गरेको छ । मञ्चलाई प्राप्त भएका २२१ मध्ये ५१ थान ब्ल्याङ्केट सिरिया दुतावासमा र १७० वटा ब्ल्याङ्केट टर्किए दुतावासमा हस्तान्तरण गरिएका हुन् । 

सहयोग प्रदान गर्दा टर्किए दुतावासका राहत संयोजक र सिरियन दुतावासका राहत संयोजकले सहयोगीहरु सम्पूर्णलगायत समग्र नेपालीलाई धन्यवाद व्यक्त गरेका थिए । 

सहयोग हस्तान्तरण कार्यक्रममा नेपाली दुतावासका प्रतिनिधि शकील मोहमद, प्रवासी नेपाली मञ्चका मध्यपुर्व संयोजक शालीग्राम पन्त, प्रवासी नेपाली मञ्च बहराइनका सचिव अमर श्रेष्ठलगायतको उपस्थिति रहेको थियो । 

साथै मञ्चले गैर आवासीय नेपाली संघका सन्तकुमार न्यौपाने र संगिता दाहाल, नेप्लिज वेलफेयर सोसाइटीका हिमाल घिमिरे, रामु काफ्ले र जिफन्ट सपोर्ट ग्रुपका थोमस कुलुङ्लाई धन्यवाद ज्ञापन गरेको छ ।  

त्यस्तै, मञ्चले मन खोलेर सहयोग गर्ने सम्पूर्ण सहयोगी संघ–संस्था, संगठन एवम् सहयोगी नेपालीलाई धन्यवाद दिएको छ ।

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३
post

ट्वीटरमा कसरी गर्ने लाइभ ?

२० श्रावण २०८०,०९:३१
post

बंगलादेशकाे संसद विघटन

२२ श्रावण २०८१,१६:३१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: