समाजसेवी पशुपति गुरुङद्वारा १५ लाखको अक्षयकोष स्थापना

दर्पण दैनिक २९ जेष्ठ २०८०,१२:०४
post

कास्की । समाजसेवी तथा संस्कार समाज नेपालकी अध्यक्ष पशुपति गुरुङले १५ लाखको अक्षयकोष स्थापना गरेकी छिन् । आफ्नी स्वर्गिय आमा चिसकुमारी गुरुङको नाममा संस्कार समाज नेपालमार्फत ५ लाखको अक्षयकोष स्थापना गरेकी हुन् । आइतबार आफ्नी सासूआमा शिरकुमारी गुरुङको नाममा आफ्ना श्रीमान् बुद्धिप्रसाद गुरुङले अध्ययन गरेको माछापुच्छ्रे गाउँपालिका घलेलगाउँमा रहेको विद्यालय श्री बम बहादुर आधारभूत स्कूललाई अक्षयकोषका लागि रु. ५ लाख प्रदान गरेकी हुन । त्यस्तै, गुरुङले गत वर्ष आफूले माध्यमिक शिक्षा लिएको विद्यालय श्री मेश्रम बराह मावि घान्द्रुकलाई आफ्ना पितृहरुको नाममा ५ लाख अक्षयकोष प्रदान गरेकी थिइन् । 

संस्कार समाज नेपाल मार्फत देशव्यापी सचेतना अभियान सञ्चालित गरिरहकी गुरुङले निरन्तर रुपमा समाजसेवामा योगदान गरिरहेकी छिन् । दुई दशकभन्दा बढी समय प्रवासमा विताएकी गुरुङले प्रवासमा आफूले सिकेका संस्कारलाई नेपालमा लागू गर्ने उद्देश्यले ६ वर्षअघिदेखि सञ्चालन गरेको कार्यक्रमलाई हालै सरकारले अनुमोदन गरेको छ । मुख्य अभियन्ता गुरुङको परिकल्पनामा अहिले सरकारले सार्वजनिक यातायातमा अडियो सामग्री तथा सरसफाईलाई अनिवार्य गर्ने निर्णय गरेको छ । यसका लागि संस्कार समाज नेपालले आफ्नै लगानीमा सार्वजनिक सवारीका लागि सचेतना अडियो पेन ड्राइभ १५०० प्रति तथा डष्टविनहरु वितरण गरेको थियो । 

लामो संघर्ष पश्चात आफ्नो मागहरुलाई सरकारद्धारा सम्वोधन गरिएकोमा खुशी व्यक्त गर्दै अध्यक्ष गुरुङले भनिन ‘व्यवस्था भन्ने कुरा कसैले चाहदैमा, तुरुन्त आउने कुरा होइन, सबै सम्भव छ तर, समय लाग्छ । सबैभन्दा पहिले हामी प्रत्येक नागरिकले आफ्नो दायित्वबोध गर्नु पर्छ, राज्यप्रतिको दायित्व सबै नागरिकले वोध गर्ने हो भने समाज र राष्ट्र बन्न समय लाग्दैन ।’ 

संस्कार समाज नेपालबाट ‘स्कूल स्कूलमा असल संस्कार’ र ‘हरेक महिनाको एक गते एक घण्टा एक सय मिटरको दुरीमा देशव्यापी सरसफाई महाअभियान’ सञ्चालन भईरहेको छ ।

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: