तीन कुलपतिद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

दर्पण दैनिक ४ फाल्गुन २०७९,११:४३
post

काठमाडाैं । नेपाल प्रज्ञा प्रतिष्ठान, संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपतिहरूले पद तथा गोपनीयताको शपथ खाएका छन् । 

प्रज्ञा प्रतिष्ठानमा भुपाल राई, संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा निशा शर्मा र ललितकला प्रज्ञा प्रतिष्ठानको कुलपतिमा नारदमणि हार्तम्छाली नियुक्त भएका थिए । 

उनीहरूलाई आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ खुवाएका हुन् । शपथ समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती पनि सहभागी थिए । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सिफारिसमा सरकारले बुधबार तीनै जनालाई कुलपतिमा नियुक्त गरेको थियो । 

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: