पहिचानको आन्दोलनले राज्यसत्तालाई हच्कायो : प्रेम थापा

दर्पण दैनिक २४ चैत्र २०७९,११:४९
post

काठमाडाैं । जनता समाजवादी पार्टी, नेपालका राजनीतिक समिति सदस्य प्रेमनारायण थापाले पहिचानको आन्दोलनले राज्यसत्तालाई हच्काएको बताएका छन् । 

प्रदेश १ लाई कोसी नामकरणपश्चात उक्त क्षेत्रमा आन्दोलन चर्केको प्रसंगमा बोल्दै पार्टीको खसान राष्ट्रिय समितिका इन्चार्ज समेत रहेका थापाले उक्त कुरा बताएका हुन् ।

एकल पहिचानको मुद्दा उठाएको नेकपा माओवादी केन्द्र समेत कोसी प्रदेश नामकरणमा सामेल भयो । तर आन्दोलनले उसलाई पछाडि हट्न बाध्य बनायो । आज आएर माओवादी केन्द्रले नामकणमा पार्टीले गल्ती गरेको स्विकार्यो, उनले भने ।  

पहिचानको आन्दोलनले पहिचान विरोधी दलहरु एकल जातिय प्रभुत्व रहेको राज्य सत्तालाई हच्काएको छ, थापाले भने । उपनिर्वाचनबारे उनले गठबन्धनका उम्मेदवारहरुलाई जिताउन आव्ह्वान गरे ।
 

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३
post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post