माओवादीमा प्रदेश इञ्चार्जको जिम्मेवारी हेरफेर, कहाँ को ?

दर्पण दैनिक २१ माघ २०८१,१७:०३
post

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले प्रदेश इञ्चार्जको जिम्मेवारी हेरफेर गरेको छ । आज (सोमबार) बसेको पदाधिकारी बैठकले यस अघिको जिम्मेवारी हेरफेर गर्दै नयाँलाई जिम्मा दिएको हो ।

पछिल्लो कार्यविभाजन अनुसार कोशी प्रदेशको इञ्चार्जमा हरिबोल गजुरेल, मधेशमा मातृका यादव, बागमतीमा हितमान शाक्य, गण्डकीमा दीनानाथ शर्मा, लुम्बिनीमा चक्रपाणि खनाल, कर्णालीमा कालीबहादुर मल्ल, सुदूरपश्चिममा गिरिराजमणि पोखरेल र विशेष प्रदेशमा जयपुरी घर्तीलाई इञ्चार्ज तोकिएको छ । माओवादीले प्रवासमा सार्क प्रदेशमा लक्ष्मण पन्त, युरोप र अमेरिका प्रदेशमा राम कार्कीलाई इञ्चार्ज तोकेको छ । एसिया प्रदेशको इञ्चार्जको जिम्मा ओम शर्माले पाएका छन् ।


फागुन १२ देखि हुलाकी राजमार्ग केन्द्रित अभियान

नेकपा माओवादी केन्द्रले हुलाकी राजमार्ग केन्द्रित अभियान सञ्चालन गर्ने भएको छ । सोमबार बसेको माओवादीको पदाधिकारी बैठकले फागुन १२ गतेदेखि हुलाकी केन्द्रित अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । पार्टी प्रवक्ता अग्नि सापकोटाका अनुसार माओवादीले झापाको कचनकवलबाट अभियानको सुरुवात गर्नेछ । ‘फागुन १२ गतेदेखि हुलाकी राजमार्ग केन्द्रित अभियान सञ्चालन गर्ने निर्णय भएको छ ।

उक्त अभियान झापाको कचनकवलबाट सुरु हुनेछ,’ सञ्चारकर्मीसँग उनले भने । माओवादीले अभियान सुरू गर्नुअघि स्थानीय तहका प्रतिनिधित्व गर्ने प्रमुख र उपप्रमुखहरूको भेला गर्ने भएको छ । फागुन ९ गते उक्त भेला सञ्चालन हुने प्रवक्ता शर्माले बताए ।

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: