दिपायलबाट मोटरसाइकलमा अमरगढी फर्किने क्रममा पहरोबाट खसेको ढुंगाले एक युवकको मृत्यु

दर्पण दैनिक २४ भाद्र २०८०,११:१५
post

डडेल्धुरा । डडेल्धुरामा पहरोबाट पहिरोसँगै खसेको ढुंगाले लागेर एक युवकको मृत्यु भएको छ । ​केआईसिंह राजमार्ग अन्तर्गत डडेल्धुराको रडुवामा पहिरोसँगै खसेको ढुंगाले लागेर अमरगढी नगरपालिका–४ का राकेश ऎरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ । 

डोटीको दिपायलबाट फर्किदा मोटरसाइकलको पछाडी सिटमा सवार उनको टाउकोमा माथिबाट खसेको ढुंगा लागेको थियो। घाइते उनको उपचार डडेल्धुरामा हुन नसकेपछि धनगढी रेफर गरिएकोमा आज उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

म१ प ८८३० नम्बरकोे मोटरसाइकल चालक डडेल्धुरा अमरगढी नगरपालिका–४ का ३५ वर्षीय नरेन्द्र पनेरु सकुशल रहेको प्रहरीले बताएको छ।

ढुंगाले लागेर गम्भीर घाइते भएका उनको डडेल्धुरामा हुन नसकेपछि धनगढी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । 
घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३
post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१