जुम्लामा सडकबाट तीनसय मिटर तल खस्याे जिप, चालक र सहचालककाे मृत्यु

दर्पण दैनिक १७ भाद्र २०८०,१२:००
post

जुम्ला । जुम्लामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जुम्लाबाट मुगुतर्फ जाँदै गरेको भे १ ज १०९९ नम्बरको जिप आइतबार बिहान कनकासुन्दरी गाउँपालिका–४ छलपुनेरामा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी चालक र सहचालक दुवै जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रह्लाद कार्कीले जानकारी दिए ।

चालक र सहचालकको सनाखत हुन सकेको छैन । जिप सडकबाट झन्डै तीन सय मिटर तल खसेको प्रहरीले जनाएको छ । जिपमा चालक र सहचालक मात्रै सवार रहेको खुलेको डीएसपी कार्कीले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: