बागमतीका मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत

दर्पण दैनिक १० चैत्र २०७९,१५:५२
post

काठमाडाैं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले संसदबाट विश्वासको मत प्राप्त गरेका छन् । प्रदेशसभाको शुक्रबार बसेको बैठकबाट उनको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ६७ मत प्राप्त गरेका हुन् ।

प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले निर्णायार्थ प्रस्तुत गरेको मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा प्रदेशसभाको शुक्रबारको बैठकमा उपस्थित ९१ जना सांसदहरु मध्ये ६७ जना सांसदले हस्ताक्षर गरेका हुन् । उनको विश्वासको मत सम्बन्धी प्रस्तावको विपक्षमा १७ जना सांसदले हस्ताक्षर गरेका छन् भने ७ जना सांसदहरु तथस्ट बसका थिए । समीकरण परिवर्तन भए राप्रपासहितका सांसदले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्रीले दोस्रो पटक विश्वासको मत लिएका हुन् । 

मुख्यमन्त्री जम्कट्टेललाई माओवादी केन्द्रका २१, नेपाली कांग्रेसका ३७, एककृित समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ जना सांसदले विश्वासको मत दिएका थिए । यससँगै मुख्यमन्त्री जम्कट्टेल नेतृत्व सरकारले निरन्तरता पाएको छ । सरकारको निरन्तरताका लागि मुख्यमन्त्री जम्कट्टेललाई ५६ सांसदको समर्थन आवश्यक रहेको थियो ।

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: